विज्ञहरूको सुझावअनुसार काम गर्छु : शिक्षामन्त्री पुन
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरुको सल्लाह सुझावअनुसार काम गर्ने बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
विज्ञहरुले दिएका राम्रा सुझावलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने उनले जानकारी दिए । विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो प्राथमिकतामा रहने उनले बताए ।
मन्त्री पुनले भने, ‘अब मैले विज्ञहरुको सल्लाह सुझाव माग्छु, अब को कोले राम्रो सुझाव दिन आउँछ, सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ । जो जो राम्रो आउँछन्, राम्रो मान्छेको सुझाव लिएर अनि त्यसलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने काम हुन्छ ।’
उनले किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइएकाले खास योजना तत्काल केही नरहेको समेत बताए ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
