News 24 Television
उथलपुथल निजी क्षेत्र ! अर्थतन्त्रले भयानक रुप लिने ! खतराको चेतावनी !

काठमाडौं । देशको अर्थतन्त्रलाई अघि बढाउने मुख्य आधार रहेको निजी क्षेत्रमाथि भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो प्रहार भएको भयो । 

जेन जी आन्दोलनको प्रमुख तारोमा परेको निजी क्षेत्रले करिव ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । आन्दोलनका क्रममा ठूला उद्योगधन्दा, व्यापारिक संरचना र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएपछि निजी क्षेत्रले लगानीकर्ताको मनोबल गिरेको र सुरक्षाको ग्यारेन्टी बिना नेपालमा लगानीको वातावरण नबन्ने सरकारलाई चेतावनी दिएको छ । 

भदौं २३ र २४ गतेको आन्दोलन पछि अहिले मुलुक सन्नाटामै छ । कुनै परिस्थितिको निश्चितता देखिएको छैन । अन्तरिम सरकार त बन्यो तर, अझै पूर्ण भइसकेको छैन । सरकारको उल्झन मन्त्री कसलाई बनाउने भन्नेमै देखिरहँदा भदौ २४ गते आन्दोलनका क्रममा निजी क्षेत्रमाथि परेको बज्रपातलाई कसरी सम्बोधन गर्ने ठोस बहस चल्नै सकेको छैन ।

भदौं २४ गते जेन जी आन्दोलनको प्रमुख तारोमा परेको निजी क्षेत्रले करिव ८० अर्व रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । आन्दोलनका क्रममा ठूला उद्योगधन्दा, व्यापारिक संरचना र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएपछि निजी क्षेत्रले लगानीकर्ताको मनोबल गिरेको छ । 

यस्तो अवस्थामा पनि आगामी दिनमा समेत कुनै निकास देखिरहेको छैन, निजीक्षेत्र । त्यसैले पनि सुरक्षाको ग्यारेन्टी बिना नेपालमा लगानीको वातावरण नबन्ने सरकारलाई चेतावनी निजी क्षेत्रले दिएको छ । सरकारले प्रमुख चुनौती शान्ति र सुरक्षाको सुनिश्चितता भएको निजी क्षेत्रका उद्योगी व्यवसायीको भनाई छ । 

पर्यटन, उद्योग, अटोमोबाइल र बीमा क्षेत्रका प्रतिनिधिहरूले एक स्वरमा सुरक्षाको ग्यारेन्टी बिना कुनैपनि क्षेत्र माथि उठ्न नसक्ने प्रष्ट पारेका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आन्दोलनले व्यवसायीको सुरक्षामा ठूलो प्रश्न चिन्ह खडा गरेको बताएका छन् । जेन जी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित बनाएको उनको भनाई छ ।

सरकारले लगानीकर्ता र व्यवसायको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने समेत माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा मच्चिएको विध्वंशले सार्वजनिक र निजी क्षेत्रको ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको छ । 

लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षाको प्रत्याभुति हुनु आवश्यक रहेकोतर्फ नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारलाई सचेत गराएका छन् । आन्दोलनका कारण जिडिपीमा कम्तीमा ५ प्रतिशत नोक्शान भएको उनको अनुमान छ । निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल समेत घटेकोले अब तङरिन केही समय लाग्ने देखिन्छ । 

अर्थतन्त्रमा देखिएको समस्या कतिसम्म छ भने, केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको भएपनि जेन जी आन्दोलनले रोकिएको बताउछन्, निजी क्षेत्रहरु । उद्योगी व्यवसायीले आर्जन गरेको सम्पतीमाथि आक्रमण हुनु सरकारको कमजोर सुरक्षा व्यवस्थाको नतिजाका रुपमा चित्रण भइरहेको छ । व्यवसायीले कर तिरेर कमाएको सम्पत्ति असुरक्षित देखिनु राष्ट्रकै लागि खतरनाक रहेको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।

जेन जी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको छ । आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ल बताउँछन् ।

पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको छ । अवस्था हेर्दा सरकारले तत्कालै नेपाल सुरक्षित रहेको प्रत्याभुति विश्वव्यापी रुपमा दिलाउनुपर्ने देखिन्छ । जेन जी आन्दोलन निजी क्षेत्र लक्षित देखिएकाले यसको आन्तरिक पक्ष खोतल्नु पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे बताउँछन् । आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा उनको जोड छ । 

राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण नेपालमा पटक पटक समस्या आइरहेको छ । राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने अवस्था छ । यस्तो अवस्थामा सरकारी सम्पत्तिको बीमा गर्नुपर्नेमा बीमक संघका निःवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीको जोड छ । नेपालमा धेरै पटक नसोचेका घटनाहरु भएकाले सरकारी सम्पत्तिको सुरक्षाका लागी बीमा अनिवार्य भएको उनको भनाई छ ।

निजी क्षेत्रका प्रतिनिधिहरूले सुरक्षाको अभावले विदेशी लगानी रोकिएको, वैदेशिक रोजगार र अध्ययनका नाममा लाखौँ युवा पलायन भइरहेकोले देशको उत्पादनशील क्षेत्र ठप्प हुने खतरा बढेको चेतावनी दिएका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update