दशैँघर र कोत घरमा बलि दिएर महानवमी मनाइयो
काठमाडौँ । वसन्तपुरस्थित दशैँघरमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको छ । महानवमीका दिन देवी दुर्गालाई बलि दिइएको हो ।
दुर्गा पूजा लगायत विधिवत कार्य गरी नेपाली सेनाले बलि दिएको हो । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ ।
नेपाली सेनाले सो अवसरमा मौलो पूजा समेत गरेको छ ।
पशुबलि नदिने तथा साकाहारी समुदायले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेतको बलि दिएर पायस चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ १३:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
