मुग्लिन–नारायणगढ लगायत यी सडकमा राति यात्रा नगर्न अनुरोध
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सम्भावित विपदबाट सचेत रहन सबैमा आग्रह गरेको छ ।
वर्षासँगै पहिरो र बाढीको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।
साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा राति यात्रा नगर्न र गर्नै परे विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
