News 24 Television
उच्च बहावसँगै सप्तकोशीका ५६ वटै ढोका खोलियो

काठमाडौँ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । कोशीमा आईतवार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ ।

आईतवार बिहानदेखि पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो । शुक्रवार र शनिवार लगातार वर्षा भइरहेका कारण आईतवार बिहानदेखि  सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको छ । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

आईतवारबाट कोशी प्रदेशमा मनसुन सक्रिय भएको छ । बिहानैबाट वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी प्रदेशमा सक्रिय रहेको मनसुन विस्तारै बाहिरिँदै गएको छ । सप्तकोशीमा आईतवार बेलुकैसम्म पानीको बहावले खतराको तह पार गर्ने विभागले बताएको छ । सुनकोशी, अरुण र तमोर नदीमा पनि पानीको सतह खतराको तह भन्दा माथि छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update