News 24 Television
पछिल्लो वर्षाका कारण हालसम्म ५२ जनाको निधन, ५ जना बेपत्ता

काठमाडौँ । गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन भएको छ ।

मंगलवार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारे जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टकाअनुसार पहिरोमा परी ३९ जनाको ज्यान गएको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन् । बाढीमा परेर मृत्यु हुनेहरु ११ जना रहेका छन् । उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक-एक जना रहेका छन् ।

चट्याङबाट रौतहटमा दुई जनाको निधन भएको छ । हाल चार जना रसुवामा बेपत्ता रहेका कार्यकारी प्रमुख भट्टले बताए । इलाममा एक जना गरी ५ जना बेपत्ता र ४७ जना घाइते रहेको उनले बताए । पहिरोबाट ३३ जना, चट्याङबाट १४ जना घाइते भएका छन् । 

बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि तीन वटै सुरक्षा निकाय परिचालित रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update