News 24 Television
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयुक्तहरूले गरे छलफल

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका निर्वाचन आयुक्तहरुले छलफल गरेका छन् । 

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा.जानकीदेवी तुलाधर र सगुन शमशेर ज.ब.रा.ले छलफल गरेका हुन् ।

प्रधानमन्त्री कार्कीसँग आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका बारेमा छलफल भएको छ । निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिका लगायतका बारेमा छलफल भएको छ । अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेपछि निर्वाचन तयारी तीव्र पारिएकाे छ । 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update