News 24 Television
अल्टिमाको 'टेक तिहार २.०' मा ६० प्रतिशतसम्मको छुट

काठमाडौं । चाडपर्वको उत्साह थप्न नेपाली टेक ब्रान्ड Ultima Lifestyle ले यही अक्टोबर १० देखि अक्टोबर १९ सम्म 'Tech Tihar 2.0 Campaign' सुरु गर्ने भएको छ। यो अभियान Ultima.com.np, Ultima Stores, Daraz, र Khalti लगायत सबै आधिकारिक आउटलेटहरूमा सञ्चालन हुनेछ।

यो पर्व विशेष अभियानमा ग्राहकहरूले Ultima का सम्पूर्ण उत्पादनहरूमा ६०% सम्मको भारी छुट पाउन सक्नेछन्।

मुख्य आकर्षणहरू:
Fastest Finger Flash Sale: अक्टोबर १० मा Daraz मा हुने यो सेलमा दुई भाग्यशाली ग्राहकले Ultima Wavebar 200W Soundbar वा Ultima Thunder 120 Speaker (दुवैको मूल्य रु. २४,९९९ भन्दा माथि) मात्र रु. १० मा जित्न सक्नेछन्।

सर्वाधिक माग भएका स्पिकर पुनः उपलब्ध: बजारमा अत्यधिक माग भएका दुई स्पिकरहरू — Ultima Soundbox S20 र Ultima Thunder 120 — विशेष छुटमा पुनः उपलब्ध भएका छन्।

Ultima S20 Speaker: विशेष मूल्य रु. ४,४९९ (MRP रु. ७,९९९)।

Ultima Thunder 120 Speaker: विशेष मूल्य रु. १८,९९९ (MRP रु. ३४,९९९)।

फ्री इअरबड्स: Ultima Thunder 120 Speaker खरिद गर्ने हरेक ग्राहकले Ultima Boom 211 Earbuds सित्तैमा पाउनेछन्।

Ultima Lifestyle ले तिहारमा आफ्ना प्रियजनहरूलाई 'टेक गिफ्ट' दिएर खुसी बाँड्न यो अभियान सहयोगी हुने विश्वास व्यक्त गरेको छ।

थप हेर्नहाेस्-
 

Tech-Tihar-Pr-Nepali-(1)_page-0001-1759929781.jpg

Tech-Tihar-Pr-Nepali-(1)_page-0002-1759929781.jpg

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update