News 24 Television
तिहारमा काठमाडौँ महानगरका यी ३२ स्थानबाट मात्र फूलमाला बिक्री गर्न पाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै विक्री गर्न पाइनेछ । महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ ।

महानगरले जनाएअनुसार यी वितरण केन्द्रहरुबाट नेपालमै उत्पादन भएका फूल र मालाहरु मात्र वबक्री गरिनेछन् । विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले निर्धारण गरेका स्थान ः

- नयाँ बानेश्वरको एन.वि. सेन्टर र आई प्लेक्स महल
- शंखमुुलको विग मार्ट
- मध्यबानेश्वर सेल्स बेरी
- बत्तिसपुतलीको फोनेक्स टावर
- तिनकुुनेको तिनकुने चौर
- सिफलको सिफल चौर
- चाबहिलको एस पी कम्लेक्स र गणेशस्थानको तरकारी बजार
- चाबहिलको केयल टावर अगाडि र चावहिल सेन्टर अगाडि
- स्वयम्भुको धर्म चौक पार्क
- कालीमाटीको कालीमाटी ब्याङ्गक्यूट र द्यौखेल
- कलंकीको भाटभटेनी
- नयाँ बजारको भ्याली कोल्ड स्टोर
- माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो
- हाँडीगाउँको ५ नं. वडा कार्यालय अगाडिको डबली र ५ नं. वडा गणेश मन्दिर डबली
- सामाखुसीको कोईराला स्मार्ट र २६ नं. वडा सामाखुसी
- महाराजगञ्जको सेल्स बेरी
- गोंगबुको बिगमार्ट
- चप्पल कारखानाको बिगमार्ट
- बालुवाटारको बिगमार्ट
- कमलादीको आईटी बिल्डिङ्ग
- पुतलीसडकको स्टार मल
- अनामनगरको भाटभटेनी र टेवल मन्दिर परिसर
- सुन्धरको काठमाडौं मल र वडा नं. २८
- अद्वैतमार्गको वडा कार्यालय बनाउने ठाउँ
- न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा

पाण्डेले अवैध रुपमा विदेशी फूलमाला ल्याएर बेचेको पाइए महानगर प्रहरीलाई सूचना दिन आग्रह समेत गरेका छन् । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आह्वान पनि गरे । 

नगर प्रहरी प्रमुख पाण्डेले भने, ‘नेपाली किसानहरुलाई प्रोत्साहन गर्नका लागि म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु । हाम्रो उत्पादनलाई चाहीँ हामी आत्मनिर्भर हुनुपर्दछ र हाम्रो उत्पादनलाई प्रयोग गर्नुपर्छ । खोजी खोजी हाम्रो नेपाली फूलहरु कुन कस्ता प्रकृतिका छन् भन्ने हिसावले सबैले चिन्न सकिने अवस्था छ र कुनै कन्फ्युजन भएमा र कहीँ कतै त्यस्तो अवैध रुपमा आयातित भएका फूलहरु भेटिएको खण्डमा, विक्री भएको भेटिएमा हामीलाई सूचना दिन पनि अनुरोध गर्न चहन्छु ।’

उनले नेपालीमा उत्पादित फूलहरुलाई प्रचारप्रसार गर्न पनि आग्रह गरे । छिमेकी मुलुकबाट आएका अवैध फूलहरु विक्री गरेको पाइएमा विगतझैँ अहिले पनि अनुगमन गरी कारबाही गर्ने चेतावनी दिए । 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update