News 24 Television
कुमारी बैंक र  जिआइजेडबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal) बीच नेपालमा विद्युतीय गतिशीलता (electric mobility) लाई सुदृढ बनाउन Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनाअन्तर्गत एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

यो सहकार्यको मुख्य उद्देश्य विद्युतीय माइक्रो तथा मिनी बसहरूको (EMBs) स्वीकृति र सञ्चालनलाई तीव्र बनाउनु हो । यसले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउनेछ ।

कुमारी बैंकले यसका लागि विशेष वित्तीय योजना (loan package) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (subsidy) को व्यवस्था गर्नेछ । यसले गर्दा सवारी खरिदको लागत कम भई EMBs प्रयोग गर्न आर्थिक रूपमा सहज हुनेछ ।

SET4NPL परियोजना GIZ Nepal र Global Green Growth Institute (GGGI) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका साझेदारहरूसँगको सहकार्यमा सञ्चालित संयुक्त पहल हो । Mitigation Action Facility (MAF) को आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस (EMBs) सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यसबाट नेपालको सार्वजनिक यातायात प्रणालीलाई सफा, हरित र दिगो बनाउन योगदान पुग्नेछ ।

SET4NPL अन्तर्गत मोबाइल एप, जीपीएस डिभाइस, एलईडी रुट डिस्प्ले र ओपन लूप ई-टिकटिङ्ग प्रणालीजस्ता डिजिटल सुविधाहरू पनि प्रयोगमा ल्याइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update