News 24 Television
सुरक्षा परिषद् बैठक : अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

काठमाडौँ ।  प्रधानमन्त्री एवं राष्ट्रिय  सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ ।

सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । 

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update