News 24 Television
एक्टिभ मुडमा राजश्व र करदाता ! जेनजीले भने गलायो !

काठमाडौं । जेनजी आन्दोलनको प्रभाव राजश्व संकलमा देखिने भएको छ । करदाताको संख्या र कर राजश्व दुवैमा देखिएको सकारात्मक वृद्धिले मुलुकको राजस्व प्रणाली बलियो हुँदै गएको थियो । यद्दपि, जेनजी आन्दोलनका कारण पछिल्ला दिनहरुमा राजस्व संकलन सरकारले लक्ष्य अनुसार उठाउन सकिरहेको छैन् ।

नेपालमा करदाताको संख्या र कर राजश्व दुवैमा देखिएको सकारात्मक वृद्धिले मुलुकको राजश्व प्रणाली बलियो हुँदै गएकोे छ । यद्यपि, जेनजी आन्दोलनका कारण पछिल्ला दिनहरुमा राजस्व संकलन सरकारले लक्ष्य अनुसार उठाउन सकिरहेको छैन । 

कति र कस्ता छन् नेपालमा करदाता ?

-  ६९ लाख ९९ हजारले करदाताले स्थायी लेखा नम्बर लिएका छन् । यो रेकर्ड अनुसार एक वर्षमै ठूलो संख्यामा करदाता थपिएका छन् । 

-  २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६२ लाख २६ हजार रहेकोमा २०८२ असारसम्म यस्तो संख्या ६९ लाख ९९ हजार पुगेको छ । 

-  २०८२ असारसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ५१ हजार र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २५ हजार पुगेको छ । 

-   यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरु बढेका छन् ।  

कस्तो छ राजश्व संकलनको अवस्था ?

-   आर्थिक वर्ष २०८१\८२ मा कुल रु. १२ खर्ब ८४ अर्ब रुपैयाँ 

-   भन्सारबाट ३ खर्ब ७ अर्ब, मूल्य अभिवृद्धि करबाट ३ खर्ब ८६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ९४ अर्ब र शिक्षा सेवा शुल्कबाट ४ अर्ब रुपैयाँ संकलन 

-    गत वर्ष सरकारको कुल राजश्व संकलन १४ खर्ब १० अर्ब रुपैयाँ 

-   १ खर्ब ३५ अर्ब रुपैयाँ गैरकर राजश्वबाट 

सुधारउन्मुख राजश्व प्रणाली जेनजी आन्दोलनपछि प्रभावित

अर्थ मन्त्रालयका अनुसार करदाताको संख्या र कर राजश्व दुवैमा देखिएको सकारात्मक वृद्धिले मुलुकको राजश्व प्रणाली बलियो हुँदै गएकोे छ । यद्यपि, जेनजी आन्दोलनका कारण पछिल्ला दिनहरुमा राजस्व संकलन सरकारले लक्ष्य अनुसार उठाउन सकिरहेको छैन् । जसकारण सरकारलाई आगामी दिनमा लक्ष्य भेट्न थप कठिन हुने देखिएको छ । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उद्योग, व्यापार र व्यवसाय प्रभावित भएकालाई सरकारले कर छुट र सहुलियत दिने बताइसकेको छ ।

आन्तरिक राजश्व विभागका अनुसार आन्दोलनका कारण उत्पादन र व्यापारमा परेको असरलाई मध्यनजर गर्दै कर छुट र अन्य सहुलियतको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले स्वीकृत गरेका उत्पादन र सेवामा खर्च घटाउने तथा कर छुट दिने व्यवस्था गरिएको छ । 

यस्तै जेन—जी आन्दोलनका कारण असामान्य रूपमा प्रभावित उद्योग, व्यापार र व्यवसायिक प्रतिष्ठानका मौज्दातमा भएको क्षति वा घाटालाई राहतका रूपमा कर छुट दिइनेछ । 

त्यसका लागि प्रभावित व्यवसायहरूले आफ्नो क्षतिको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराउनुपर्ने छ । राजस्व विभागका अनुसार, यस्तो व्यवस्था मार्फत आन्दोलन र अन्य असामान्य परिस्थितिबाट प्रभावित व्यवसायहरूलाई केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update