News 24 Television
विश्वकपमा नेपाल, अब गर्नै पर्ने के ? गर्नै नहुने के ? उपाधिमा यस्तो नजर !

काठमाडौं । नेपाली क्रिकेटले विश्वको ध्यान खिचिरहेको छ । एक पछि अर्काे महत्वपूर्ण सफलताले विश्व क्रिकेटमा नेपालको चर्चा थप बढेको छ । बुधबारको दिन नेपाली क्रिकेटकै लागि अर्काे ऐतिहासिक दिन रह्यो । यस दिन विश्वकपमा स्थान पक्का गरेको नेपालले आगामी कदमलाई कसरी अघि बढाउँदै छ त ? के छन् अवसर र सुधार्नुपर्ने कामहरु ? विश्वकपका लागि विशेष रणनीति के बन्दैछ त ?

नेपालले सन् २०२६ मा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकपमा स्थान पक्का गरेसँगै नेपाली क्रिकेटको चर्चा थप उच्च भइरहेको छ, विश्वभर नै । 

आमोनमा सुपरसिक्स क्वालिफायर खेलिरहेको नेपाल विश्वकप पुगिसक्दा उपाधिमा पनि नजर राखेको छ । शुक्रबार सामोआ क्रिकेटसँगको खेल जिते नेपाल च्याम्पियन बन्नेछ । अर्थात, तेस्रोपटक टि–२० विश्वकपमा झण्डा गाडेको नेपाली क्रिकेट टोली अहिले एसिया तथा इस्ट एसिया प्यासेफिक छनोटको च्याम्पियन बन्ने धुनमा छ । 

ट्रफी ल्याउँला त नेपालले ?

सुपरसिक्सको शिर्ष स्थानमा रहँदै सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको नेपाल ट्रफि लिएर स्वदेश फर्किने रणनीतिमा देखिन्छ । 

शुक्रबार दिउँसो ४ः१५ बजे सुरु हुने अन्तिम खेलमा नेपालले सामोआ क्रिकेटलाई पराजित गरे नेपाल दोहोरो खुसि लिएर स्वदेश फर्किनेछ । एक हातमा ट्रफि अर्काे हातका विश्वकप यात्रा । पहिलो पटक सन् २०१४ मा पारस खड्काको नेतृत्व विश्वकप खेलेको नेपाल दश वर्ष पछि सन् २०२४ मा युवा कप्तान रोहित पौडेलको नेतृत्वमा खेलेको थियो । 

यतिबेला पनि टोलीको कप्तान रोहित नै रहेका छन् । युवा कप्तान रोहित लगातार नेपाललाई दोस्रोपटक विश्वकपमा पुर्याउने एक्ला खेलाडी बनेका छन् । निकै कहालीलाग्दो अवस्थाबाट उठेको नेपाली क्रिकेटमा यतिबेला विश्वको नजर छ । नेपालको हार र जितमा समेत ठुलो बहस अन्तर्राष्ट्रिय फोरममा हुन थालेका छन् । 

नेपाली क्रिकेटले अब के गर्ने ?

भारत र श्रीलंकाको संयुक्त आयोजना हुने विश्वकपमा प्रतिस्पर्धा गर्न नेपालले धेरै मेहनत र तयारी गर्नुपर्नेछ । जहाँ विश्व क्रिकेटका पावर हाउस राष्ट्रसंग भिड्नुपर्नेछ । यस्तो अवस्थामा नेपालको दमदार तयारी आवश्यक देखिन्छ । यो चुनौती सामनाका लागि तयारी के गर्दैछ त नेपाल क्रिकेट संघ क्यान ? 

विश्वकप छनोटमा नेपालको राम्रोसँगै आलोचनात्मक पक्षबारे पनि चर्चा गर्दा,
राम्रो पक्ष

टि–२० विश्वकप छनोट दौरान नेपाली टोली बलिङ र फिल्डिङमा उम्दा देखिएको छ । बलरकै नायकी प्रर्दशनमा नेपालले विश्वकपको टिकट कोटेको हो भन्दा फरक नपर्ला । प्रमुख बलिङ हतियार सन्दीप लामिछानेले नेपालको तर्फबाट सर्वाधिक ११ विकेट लिएका छन् । 

जहाँ सोमपाल, नन्दन, गुल्शनले महत्वपुर्ण विकेट लिइरहेका छन् । यो राम्रो पक्ष हो । साथै नेपालको फिल्डिङ प्रशंशा गर्न लायक छ, नेपालले युएई विरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दा उपकप्तान दिपेन्द्रको दमदार फिल्डिङले पासा पल्टाएको थियो । 

अर्कातर्फ व्याटिङमा कमजोर देखिएपनि ओपनर जोडीले राम्रो रन बटुलिरहेको छ । ओपनरद्घय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरिरहेका छन् । भुर्तेलले नेपालको तर्फबाट सर्वधिक १९० रन बनाएका छन् भने समग्रमा उनी प्रतियोगिता बढि रन बनाउनेको दास्रो स्थानमा छन् । 

सुधार गर्नुपर्ने पक्ष

नेपाली टोली विश्वकपमा पुग्दा सर्बत्र चर्चा हुनु स्वभाविक हो । किनकी क्रिकेटको विश्वमञ्चमा जोकोहिले स्थान बनाउन सक्दैनन् । त्यसैले नेपाली टोलीको तारिफ आवश्यक छ । तर केहि यस्ता कमजोर पक्ष देखा परे जसले नेपाललाई विश्वकपमा खेल्दा समस्य पैदा गर्न सक्छन् । पहिलो कुरा नेपाली टोलीले ब्याटिङमा व्यापक सुधार गर्न आवश्यक देखिन्छ ।

ओपनर जोडी बाहेक ओमान विश्वकप छनोटमा नेपाली व्याट्सम्यान चल्न सकिरहेका छैनन् । अर्र्काे कुरा मध्यक्रमको व्याटिङ लाइन पुर्ण रुपमा ध्वस्त छ । 

फाट्टफुट्ट कप्तान रोहितले रन बुटुले पनि मजबुद हुनुपर्ने मध्यक्रमको व्याटिङ लाइन प्रमुख समस्या बन्न सक्छ । तल्लोक्रममा गुल्शन बाहेक अन्य भरपर्दा खेलाडी चल्न सकेका छैनन् त्यहाँ पनि काम गर्नपर्ने देखिन्छ । नेपालको मध्यक्रम धरासायी बनेको र त्यसको सुधार आवश्यक रहेको क्रिकेट प्रशिक्षक राजु बस्न्यात बताउँछन् । 

अलउण्डरको प्रयोग अर्काे समस्या

हुन त, क्रिकेटमा अलराउन्डर खेलाडीको महत्वपुर्ण भुमिका हुन्छ । खेल जिताउन उलराउन्डर नै माहिर मानिन्छन् तर, नेपालको हकमा त्यो लागु हुन सकेको छैन् । मुख्यप्रशिक्षक स्टुआर्ट ल ले अलराउन्डर खेलाडीमा विशेष ध्यान दिएको देखिन्छ । जस्तोकी विश्वकप छनोटका खेलको प्लेइङ–११ हेर्न हो, भने अधिकांश अलराउन्डर देखिन्छन् । 

जहाँ गुल्शन झा बोहक अन्यले फेल खाएका छन् । ठुलो सट खेल्ने धुनमा नेपाली अलराउन्डर लाइनले रन जोड्न सकेको छैन् । विश्वकप खेल्दा यसमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । समग्रमा भन्दा नेपाली क्रिकेट टोली तेस्रोपटक विश्वकप खेल्न जाँदैछ, यो हर्ष र गर्वको कुरा हो । फेब्रअरीमा सुरु भएर मार्चमा सकिने विश्वकपमा २० राष्ट्र सहभागि हुँदैछन् । 

जहाँ विश्व क्रिकेटका पावरहाउस राष्ट्र भारत, अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान जस्ता देशसंग मुकाविला गर्नुपर्नेछ । नेपालले त्यसका लागि भरपुर तयारीमा जोड दिन आवश्यक छ । समयका हिसावले पनि तीन महिना छ । 

यसविचमा नेपालले आफ्ना कमिकमजोरी सुधार गर्दै टि–२० विश्वकको ट्रफि उचाल्ने सम्मको लक्ष्य बोक्न आवश्यक देखिन्छ । हुनत, नेपालले टेस्टसम्मको लक्ष्य बोकेको छ नै । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update