काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालमा लगानी गर्नेहरुको अवस्थामा केही सुधार आएको छ । यद्दपि, वैदेशिक लगानी बढ्दै गएको यस अवस्थामा जेनजी आन्दोलनले भने प्रभाव पारेको छ । लगानीको वातावरणमाथि नै लगानीकर्ताहरुले शंका गरिरहेका छन् ।
नेपालमा पछिल्लो तीन महिनामै ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यि तीन महिनामा मात्रै होइन पछिल्ला वर्षहरुमा वैदेशिक लगानी बढेर गएको त छ । तर, जेनजी आन्दोलनपश्चात भने लगानीकर्तामा लगानीको वातावरणमाथि नै शंका देखिएको छ ।
वैदेशी लगानीको अवस्था कहिले कुन उद्योगमा कति ?
- उद्योग विभागकाअनुसार पछिल्लो तीन महीनामा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
- गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा उद्योगमा रु. ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिवद्धता
- चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता
- गत असोजमा मात्र ७५ वटा साना उद्योगमा रु. २ अर्ब चार करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिवद्धता
- हालसम्म सात हजार ५ सय ५० वटा उद्योगमा ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत गरिसकेको छ ।
प्रविधि र पर्यटन क्षेत्रमा वैदेशिक लगानीको अवस्था कस्तो ?
- गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १ सय ६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
- रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
- उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख
- कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड
- सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
वैदेशिक लगानी वृद्धिको तथ्य कस्तो ?
- पछिल्ला वर्षमा आएको वैदेशिक लगानीको प्राप्ति हेर्ने हो भने गत आर्थिक वर्ष २०८१\८२ मा कुल वैदेशिक लगानी आप्रवाह ४१ दशमलव ८ प्रतिशतले वृद्धि
- २०८१\८२ मा १५ अर्ब २ करोड पुगेको थियो ।
- आर्थिक वर्ष २०८०\८१ मा ८ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी मुलुकमा भित्रिएको थियो ।
- आर्थिक वर्ष २०८१\८२ मा उद्योग विभागबाट स्वीकृत कुल विदेशी लगानी ७४ अर्ब ९७ करोड रहेको थियो ।
- आर्थिक वर्ष २०८०\८१ मा ६१ अर्ब ९० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो ।
- २०८२ असार सम्ममा ६ खर्ब ५१ अर्ब ४५ करोड बराबरको कुल विदेशी लगानी उद्योग विभागबाट स्वीकृत भएको थियो ।
यद्दपि, जेनजी आन्दोलनपश्चात भने पहिलेकै अवस्था नरहन सक्ने आकलन गरिएको छ । व्यवसायीक क्षेत्रमा सुरक्षा चुनौतीको डर लगानीकर्तामा परेको छ । राजनीतिक माहोल विग्रने वित्तिकै ठुला होटल, व्यवसायीक भवन टार्गेटमा पर्ने देखिएकाले लगानीकर्ता केही असुरक्षाको मानसिकतामा देखिएका छन् । यद्दपि, जेनजीको परिस्थितिको उचित व्यवस्थापन गर्दै लगानीकर्ताको मनोबल बढाउन सके सुधारउन्मुख भने हुन सक्ने देखिन्छ ।

