News 24 Television
पोखरामा एमालेको मोटरसाइकल र्याली, अराजकता नियन्त्रण गर्न सरकारलाई अपिल

कास्की । जेनजी आन्दोलनपछि विथोलिएको राजनीतिक माहोलकाबीच विस्तारै दलहरुले सक्रियता बढाउन थालेका छन् । अराजकता फैलिन थालेको र अस्थिरता बढ्ने भन्दै एमालेले पोखरामा मोटरसाइकल ¥याली निकालेको छ । 

¥यालीमा सहभागी भएका एमाले नेता महेश बस्नेतले सरकारले यस्ता कुरालाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । एमाले कास्कीले पोखरामा बृहत मोटरसाइकल ¥याली निकालेको छ । देशमा अराजकता फैलँदै गएको भन्दै प्रतिगामी कदम र अस्थिरताको प्रयासविरुद्ध प्रर्दशन गरिएको एमाले कास्कीले जनाएको छ । मोटरसाइकल ¥याली पोखराको मुख्य सडक र चोक परिक्रमा गरेको थियो । 

¥यालीमा युवा संघ, अनेरास्ववियु र एमालेका कार्यकर्ताहरूको सहभागिता थियो । ¥याली पश्चात पोखराको सहिद चोकमा भएको कोण सभालाई एमाले नेता महेश बस्नेतले देश जलाउनेहरुलाई सरकारले कारवाही नगरे युवासंघले कारवाही गरेर प्रहरीलाई बुझाँउने चेतावनी दिए ।

एमाले नेता बस्नेतले एमाले देशको स्थायित्व र विकासका पक्षमा उभिएको भन्दै अराजकतालाई नियन्त्रणमा लिनुपर्नेमा जोड दिए ।
 
एमाले कास्कीले आयोजना गरेको ¥याली र कोणसभाबाट देशमा स्थायित्व, सुशासन र विकासका पक्षमा एकजुट हुन सबैलाई आह्वान गरेको छ । साथै पार्टीले अराजकता र अस्थिरताको विरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update