News 24 Television
सिद्धार्थ बैंक १७ औँ काठमाडौँ म्याराथन सम्पन्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक सहभागी

काठमाडौँ । सिद्धार्थ बैंक १७ औं काठमाडौं म्याराथन शनिबार सम्पन्न भएकाे छ । शनिबार बिहान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ र कार्यक्रमका मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठले संयुक्त रूपमा उक्त दौडको शुभारम्भ गरेका थिए । यस वर्षको म्याराथनकाे Title Sponsor सिद्धार्थ बैंक रहेको छ।

सहभागिता र सम्मान

यस वर्षको म्याराथनमा नेपाल लगायत ३० राष्ट्र बाट ३,००० भन्दा बढी खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।कार्यक्रममा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख अतिथि चेयरम्यान राहुल अग्रवाल, तथा अन्य अतिथिहरू- रमेश्वर प्रसाद बश्याल (DCEO), अर्जुन भद्र खनाल (उपमहाप्रबन्धक), सुरेश राज महर्जन (उपमहाप्रबन्धक), प्रसन्न खड्का (उपमहाप्रबन्धक) र प्रव आ.इ.जी.पी. धिरज प्रताप सिंह को उपस्थिति थियो।

महिला धावकहरूलाई प्रोत्साहन स्वरूप, म्याराथनमा सहभागी ६ जना महिला खेलाडीहरू— करुणा राई, चम्पा राई, मायुको अकुटागावा, प्रशंसा महर्जन, हमिदा अख्तर जेबा, र लुनिभा महर्जनलाई सम्मानका साथ जनही  नगद रू १०,००० पुरस्कार प्रदान गरिएको थियो।

9dd5d2d4-7cf2-46e5-a342-a5d5cf478421-1762077098.jpg
 

पुरस्कार र मान्यता

दौड पूरा गर्ने सबै धावकहरूले Finishers Medal र प्रमाणपत्र प्राप्त गरे। विजेता खेलाडीहरूले प्रमाणपत्र, Winners Medal, नगद पुरस्कार तथा उपहारहरू प्राप्त गरे।

यो रेसले नेपाल एथलेटिक्स संघको मान्यता पाएको छ भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृती प्राप्त गरी दशरथ रंगशाला उपलब्ध गराइएको थियो। नेपाल पर्यटन बोर्ड को प्रवर्द्धन रहेको यस कार्यक्रमलाई काठमाडौं, ललितपुर, भक्तपुर, मध्यपुर ठिमी तथा सूर्यविनायक नगरपालिका र तीनै जिल्ला प्रशासन कार्यालयबाट पनि आवश्यक स्वीकृती प्राप्त भएको थियो।

अन्य प्रायोजकहरू

म्याराथनलाई सफल पार्न अन्य सहयोगी प्रायोजकहरूमा Cathay Pacific (Associate Sponsor), Huawei (Official Smart Watch Partner), Dpaisa (Official Wallet Partner), Sajilo (Official Rideshare Partner), Toyota-Ather, Nexlo, Nectar Spa, Himal Bakery, JAR / Purna Water रहेका छन्। साथै, Blue Cross Hospital, Chirayu Hospital, Star Hospital, Grande Hospital लगायत नेपाल कोरिया मैत्री नगरपालिका स्वास्थ्य साझेदारका रूपमा रहेका थिए।

आयोजकले सम्पूर्ण धावकहरू, स्वयंसेवकहरू, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँहरूको योगदानले म्याराथन भव्य रूपमा सम्पन्न भएको आभार व्यक्त गरेका छन्।

95ab885f-c8c7-4124-9ec3-eb88a15009e0-1762077122.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update