काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले युएईमा एकदिवसीय शृङ्खला खेलिरहेको छ । नेपाल, अमेरिका र युएई सम्मिलित शृङ्खलामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरिसकेको छ । समान हैसियत भएका प्रतिस्पर्धी टोलीसँग खेलाडी चम्किन सकिरहेका छैनन् । नेपालको बलिङ र ब्याटिङ दुवै कमजोर बनेको देखिन्छ । आशा गरिएका खेलाडी चल्न सकेका छैनन् । यसले नेपालको लिग–२ मान्यतादेखि विश्वकप पुग्ने उद्देश्मै ठुलो प्रश्नचिन्ह खडा गरेको छ ।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली पछिल्ला केहीदिन यता खासै लयमा देखिदैन । युएईमा एकदिवसीय शृङ्खला खेलिरहँदा नेपाल, अमेरिका र युएई सम्मिलित शृङ्खलामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरिसकेको छ ।
नेपालको ह्याट्रिक हारले समर्थक निरास छन् । नेपाल, अमेरिका र यएई सम्मिलित शृङ्खलामा नेपाली खेलाडीले बलिङ र ब्याटिङ दुबैमा जादु देखाउन सकिरहेका छैनन् । टि–२० मा ठिकठाक रहेको नेपाल एकदिवसीयमा लय समात्न सकेको छैन् ।
यसले नेपालको लिग २ मान्यतादेखि विश्वकप पुग्ने उद्देश्यमै चिन्ता जन्माइदिएको छ । तेस्रोपटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप खेल्न चाहन्छ । तर, सन् २०२७ मा हुने एकदिवसीय विश्वकप खेल्ने लक्ष्य राखेको नेपाली टोलीको प्रदर्शनले भने चिन्ताको अवस्था सृजना भइरहेको छ । अब नेपालले शृङ्खलाको अन्तिम खेल बुधबार अमेरिकासंग खेल्दैछ ।
आगामी खेलबारे अनुमान गर्नुपहिले यस पहिलेका पराजयलाई सुष्म विश्लेषण गर्दा कस्तो देखिन्छ त अवस्था ?
- पहिलो खेलमा नेपालले अमेरिकासँग १ सय ६ रनको फराकिलो हार व्यहार्न पुग्यो । २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा अलआउट भयो ।
यो नतिजाले नेपाल व्याटिङमा चुकेको प्रष्ट देखिन्छ ।
- दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटको हार व्यहोर्न पुग्यो । तीन सय बलमा नेपालले २ सय ३३ रनको लक्ष्य दिँदा युएईले ४३ ओभर तीन बलमा भेट्टाउदै खेल आफ्नो पक्षमा पार्याे । यस खेलमा नेपाल बलिङमा चुकेको स्पष्ट छ ।
- तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो । २ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य अमेरिकाले ४९ ओभरमा पुरा गर्दै खेल जित्यो । यहाँ पनि नेपाली बलरले जादु देखाउन सकेनन् ।
तीन खेलको नजिजाले के स्पष्ट पार्छ भने नेपाली क्रिकेट खेलाडीलाई टि–२० बाहेकका एकदिवसीय र टेस्ट फरम्र्याटमा अनुभव कम भएको छ । खेलाडीको प्रदर्शन नै निहाल्ने हो भने चौका÷छक्का र विकेटका लागि खेलेको देखिन्छ ।
टि–२० खेल्ने बानीले एकदिवसीय फरम्यार्टमा खेल्न हतार मानसिकता खेलाडीमा हाबी भएको स्पष्ट छ । एकदिवसीयमा ५० ओभर अर्थात् तीन सय बल खेल्नुपर्ने हुन्छ ।
हारका केहि कारण र सुधारका पक्ष
संरचना सुधार\एकदिवसीय र टेस्ट फर्रम्याटमा जोड
नेपाली क्रिकेट टोली घरेलुदेखि अन्तर्राष्ट्रियसम्म टी–२० फरम्र्याटमै व्यस्त भएको पाइन्छ । लिग–२ का खेल बाहेक बाँकी समय नेपाली टोलीले २० ओभरको खेलमै केन्द्रीत हुने गरेको छ । यो प्रमुख समस्यामुलक कारण हो ।
नेपाल क्रिकेट संघ क्यानले टि–२० जस्तै एकदिवसीय र टेस्ट फरम्याटका कार्यक्रमलाई बढावा दिनुपर्ने देखिन्छ । घरेलु क्रिकेटमा एनपीएलदेखि प्रधानमन्त्री कपसम्म टि–२० ढाँचामै खेल हुँदा मानसिक रुपमा पनि नेपाली खेलाडी ठुला पारीका खेल खेल्न नसकेको हुन् । त्यसैले पनि क्यानले लामो फरम्यार्टतर्फ ध्यान दिन आवश्यक देखिन्छ ।
ग्रासरुटदेखि नै एकदिवसीय र टेस्ट कल्चरको विकाश
नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानले ग्रासरुटदेखि राष्ट्रियसम्म ठुला फम्यार्टका प्रतियोगितामा जोड दिनुपर्ने हुन्छ ।
जस्तो की क्यानले रातो बल र सेतो जर्सीमा जय ट्रर्फीलाई अगाडी सारेको छ । तर, औपचारिकता निभाउने प्रतियोगिता मात्रै बनेको छ । यसलाई अझ ब्यापक र फराकिलो बनाउन सके नेपाली खेलाडीमा एकदिवसीय र टेस्ट खेल्ने मानसिकता बटुल्न सकिन्छ ।
अर्काेतर्फ, वडादेखि पालिका र जिल्ला हुँदै केन्द्रसम्मको क्रिकेट संरचनालाई ५० ओभरको बनाउन सके राम्रो हुन्छ । किनकी सानै उमेर देखि ५० ओभर वा त्यो भन्दा माथिको ओभर खेल्ने बानी खेलाडीमा बसाउँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नजिता निकाल्न सक्छन् ।
ब्याकअप टोली तयार
क्यानले एउटै राष्ट्रिय टोलीलाई महत्व दिइरहेको छ । टि–२० खेल्ने खेलाडी पनि उहि र एकदिवसीयमा पनि उही ।
यसमा क्यानको विशेष ध्यान जानुपर्ने देखिन्छ । टि–२० र एकदिवसीय खेल्ने छुट्टाछुट्टै टोली बनाउने र मिश्रीत टोली बनाउन सके नतिजा राम्रो आउन सक्छ । जस्तो कि विश्व क्रिकेटको पावरहाउस राष्ट्र भारतले सुर्यकुमार यादवको कप्तानीमा टि–२० टोली र सुभमन गिलको कप्तानीमा एकदिवसस्यीय टोली घोषणा गर्छ । जहाँ आंशिक बाहेक प्राय खेलाडी फेरबदल हुन्छन् । उसो त क्यानले नेपाल ए टोली पनि घोषणा नगरेको होइन् । यसलाई थप व्यवहारिक रुपमा अगाडी बढाउनु पर्ने देखिन्छ ।
लिग–२ को अंकतालिका र विगतको नतिजा
अघिल्लो पटक १२ खेलमा ११ खेल जितेर लिग–२ मान्यता जोगाएको नेपाली टोलीमा आट भने छ । तर, संयमित हुनुपर्ने देखिन्छ ।
यसपटक नेपालले १९ खेल खेलिसक्दा १७ खेल खेल्न बाँकी छ । अंकतालिकामा १२ अंग जोडेर पुछारको सातौँ स्थानमा रहेको नेपालको यात्रा कठिन बनिरहेको त छ नै, १२ खेलमा हार र ५ खेलमा जित हात पारेको नेपालले बाँकी खेलमा चमत्कारिक प्रदर्शन गनुपर्नेछ पनि छ । ३४ अंकसहित लिग–२ अंकतालिकाको शीर्ष स्थानमा अमेरिका रहेको छ ।
