News 24 Television
फुटबलरका मेडल नै उत्रिए आन्दोलनमा ! एन्फा राजनीतिक नशामा !

काठमाडौं । नेपाली फुटबल सकिने कि सच्चिने भन्ने अवस्थामा पुगेको छ । न लिग छ, न कुनै दीर्घकालिन योजना । छ त केवल चरम राजनीतिकरण । 

यहि भुंग्रोमा नेपाली फुटबल फसेको छ । सुतेको अखिल नेपाल फुटबल संघ (एन्फा) कहिले उठ्ने हो अत्तोपत्तो छैन् । हजारौँ फुटबलरको भविष्य जोडिएको एन्फा मूकदर्शक बन्दा खेलाडी र प्रशिक्षक पलायन मात्रै होइन, जिविकोपार्जनमा समस्या सिर्जना भइरहेकोे छ । यि सबै परिस्थितिले राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकसम्म एन्फाको रवैयाको आलोचनामा उत्रिएका छन् । 

नेपाली फुटबल खेलाडीले राष्ट्रको नाममा अन्तराष्ट्रियस्तरसम्म पु¥याउँदै आएका छन् । खेलमा जित निकाल्दै जितेका मेडलले राष्ट्रियतालाई उचो बनाउँदै आएको छ । तर, अहिले खेलाडीले जितेका राष्ट्रियसँगै अन्तर्राष्ट्रिय मेडलहरुले राष्ट्रियता बोलेका छैनन्, यिनले त खेल र खेलाडीमाथि हुँदैआएको दमनविरुद्ध चर्को आवाजमा बोलिरहेका छन् । खेलाडीहरुले आफुले जितेका मेडल बुझाउन थालिसके । 

राष्ट्रिय टोलीमै रहेका खेलाडी फुटबल बचाउ भन्दै धर्नामा उत्रिसके, तर नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मूकदर्शक बनेको छ । एन्फाको अर्कमण्डताले मैदानमा हुनुपर्ने खेलाडी आन्दोलन र धर्नामा उत्रिन बाध्य भएका छन् । 

यसको मुख्य कारण हो, घरेलु फुटबलको सर्वाधिक धनरासीको ए डिभिजन लिग नहुनु । पछिल्लो पटक २०७९ मा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बने यता लिग सुरु हुन सकेको छैन् । 

अढाई बर्षमा लिग नहुँदा खेलाडी र प्रशिक्षक प्रत्यक्ष मारमा परेका छन् । जिविकोपार्जन गर्न समेत धौधौ भएपछि विहिबार राष्ट्रिय फुटबल टोलीका खेलाडी, पुर्वखेलाडी देखि समर्थक एन्फा मुख्यालय सान्दोबाटोमा धर्ना बस्न पुगे । यसले नेपाली फुटबल धरासायी भएको कुरा प्रष्ट झल्काउँछ । 

धर्नामा बसेका खेलाडीको स्पष्ट माग छ । कुनै पनि बाहानामा लिग सञ्चालन हुनुपर्छ, फुटबल खेल्न पाउनुपर्छ । यो वा त्यो बाहानामा लिग गर्न ढिलाई गरिनुहुँदैन् । 

नेपाल फुटबल खेलाडी संघको अध्यक्ष लामा नेपाली फुटबलको अवस्था देखेर चिन्तित   छन् । धर्नामा उनीसहित राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जान विष्ट, रोहित चन्द सहभागि बने । गोलकिपर विशाल श्रेष्ठ र विकेश कुथु पनि देखिएका थिए । 

केहि जेनजी प्रतिनीधि समेत धर्नामा सहभागि भएपनि एन्फाले प्रहरी नै लगाएर गेटमै रोकेको थियो । जुन दृश्यले नेपाली फुटबलको अवस्था बारे.प्रष्ट पार्छ । खेलाडीको माग थियो फुटबल खेलर बाँच्न पाँउ ।

राष्ट्रिय लिगको तयारी, ए डिभिजनमा बटमलाइन

फुटबल खेलाडी आफैलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने प्रमुख संस्था माथि नै बुट बर्जान पुग्नुको अर्को कारण हो, ए डिभिजन लिर्ग २०८३ पुषमा सार्न र राष्ट्रिय लिग २०८२ पुष ८ मा गर्ने घोषणा गर्नु  । 

एन्फा र ए डिभिजन लिग खेल्ने १४ क्लव विच भएको छलफल पछि एन्फाले लिग आगामी बर्षको पुषमा गर्ने यसु बर्ष राष्ट्रिय लिग गर्ने घोषणा गरेको थियो । राष्ट्रिय लिगको नाममा ए डिभिजन लिग सार्ने बाहानाबाजीमा एन्फा र क्लव लाग्दा खेलाडी धर्नामा बस्न बाध्य भए ।  

झुटको खेती गर्दै एन्फा

अखिल नेपाल फुटबल संघ एन्फा गैरजिम्मेवार बन्न थालेको नौलो घटना होइन् । तर एन्फा पदाधिकारीको झुटको खेतीले खेलाडी माथि ठुलो अन्याय भएको छ र खेलाडी आन्दोलनमा उत्रिन बाध्य छन् । तीन महिना अघि न्युज २४ टेलिभिजन संगको कुराकानीमा ए डिभिजन लिग आगामी पुषमा हुने एन्फा प्रवक्ता सुरेस शाहले ठोकुवा गरेका थिए । उनले यतिसम्म भनेकी थिए की ट्रफि बनाउने काम समेत भइरहेको छ ।

एन्फामा चरम राजनीति, निलम्बन गर्ने होडबाजी 

कुनै समय नेपालमा सर्वाधिक लोकप्रिय बनेको फुटबल विधा यतिबेला ओझेलमा पर्नुको मुख्य कारण हो, नेतृत्वको लाचारीपन र राजनीतिकरण । डुब्न लागेको फुटबल जोगाउनुको सट्टा एन्फाका अधिकारी कुस्ती खेल्नमा मस्त छन् । 

एक समुहले अर्का समुहको जिम्मेवारी खोस्ने प्रबृति मौलाएको छ । कार्तिक पहिलो साता कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएर वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका थियो । 

त्यसपछि एन्फा विवाद थप उत्कर्षमा पुग्यो । कार्र्तिक १४ का दिन प्रेस नोट जारी गर्दै खड्कालाई नै निलम्बन गरिएको अवस्था छ । 

एन्फा पदाधिकारीको आन्तरिक लुछाचुडिले फुटबलका समस्या समाधान भन्दा पनि झन जटिल बनेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update