News 24 Television
पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचन आयोगको छलफल

काठमाडौँ । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ । सोमवार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको हो ।

आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानीबारे पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा. जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणासहित पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको छ । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update