News 24 Television
टाइगर नेतृत्वको सुदूरपश्चिमको च्याम्पियन बन्ने चाहना

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तिब्र रुपमा भइरहेको छ । आठ वटै फ्रेन्जाइज टोली उपाधी उचाल्ने लक्ष्यमा छन् । फ्रेन्जाइज टोलीले टियु मैदान, मुलपानी मैदान र विभिन्न एकेडेमीमा तयारी गरिरहेका छन् । 

बुधबार सुदुरपश्चिम रोयल्र्सको टोली मुलपानी मैदानमा तयारीमा उत्रिएको थियो । साविक उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स यसपटक उपाधी उचाल्नेमा आशावादी देखिएको छ । 

कस्तो छ सुदूरपश्चिम रोयल्सको टोली ?

सुदुरपश्चिम रोयल्सले ६ खेलाडी रिटेनमा राखेको थियो । कप्तान दिपेन्द्रसिंह ऐरी सहित विनोद भण्डारी, आरिफ शेख, अभिनाश बोहरा, इशान पाण्डे र नरेन साँउद रिटेन खेलाडी हुन् । 

अक्सनबाट ५ खेलाडी अनुबन्ध गरेको सुदुरपश्चिम लोकल खेलाडीमा केन्द्रीत बनेको छ । अक्सन मार्फत अनुबन्ध हुने खेलाडीमा हेमन्त धामी, दिपक बोहरा, मिलन बोहरा, दिपेन्द्र थापा र टेकबहादुर रावत रहेका छन् । यस्तै, सुदुरपश्चिमले ट्यालेन्ट हण्टबाट हिक्मत महरालाई टोली छन् । घरेलु क्रिकेटमा राम्रो अनुभव बटुलेका र स्थानीय खेलाडीमा आँखा लगाएको सुदुरपश्चिम पुरानो घाउ मेट्दै इतिहास रच्ने दाउमा हुनेछ ।

पहिलो संस्करणको एनपीएलमा जनकपुर बोल्ट्ससँग स्तब्ध भएको सुदूर यस्पाली च्याम्पियन बन्ने दौडमा रहेको छ । सुदुरपश्चिम रोयल्र्सले विदेशी कोटाबाट ४ ठुला नाम समेटेको छ । विदेशी खेलाडीमा स्कट कुग्गेलेइजन, क्रिस लिन, हरमित सिंह र जोस ब्राउन रहेका छन् । सुदुरपश्चिमका लागि अष्ट्रेलियन विश्वस्टार लिन महत्वपुर्ण हतियार हुनेछन् । 

अघिल्लो सिजन उपाधी चुम्न एक कदम चुकेको सुदुरपश्चिम यसपटक च्याम्पियन बनेरै छाड्ने लक्ष्य रहेको छ । तुलनात्मक रुपमा अन्य टोली भन्दा बलियो देखिएको सुदुरपश्चिमलाई हराउन कठिन हुने साविक विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख बताउँछन् । तर उपाधी रक्षामा आफ्नो नजर रहेको उनको भनाई छ । 

नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स्ले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गरि पहिलो उपाधि उचाल्दै इतिहास रचेको थियो । मंसिर १ गते सुरु भएर २७ गते सकिने एनपीएलको दोस्रो संस्करणमा यी दुबै टोलीमा सबैको नजर हुनेछ । 

सुदुरपश्चिम र जनकपुरका अलवा काठमाडौँ गुर्खाज, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र विराटनगर किंग्स नयाँ इतिहास रच्ने रणनीतिमा हुनेछन् । 

सबै फ्रेन्जाइज टिमले विश्व क्रिकेट मञ्चका महान हस्तीहरुलाई टोलीमा भित्राएको छ । त्यसैले एनपीएलको दोस्रो संस्करण झनै रोमाञ्चक हुने देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update