News 24 Television
एनपीएलः कर्णाली याक्स युवा खेलाडीमा निर्भर, सोमपाल–ज्ञानेन्द्रको नयाँ रणनीति !

काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ मेला एनपीएल सिजन–२ शुरु हुन चार दिन बाँकी छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मंसिर १ गते भव्य उद्घाटन हुने प्रतियोगितामा आठ टोली सहभागि हुँदैछन् । 

एनपीएल मिति नजिकिएसंगै खेलाडी र समर्थक माझ खुशियाली छाएको छ । फ्रेन्जाइज टोलीले तयारी तीव्र पारेका छन्, भने विदेशी खेलाडी अनुबन्ध समेत गरिरहेका छन् । यस्तोमा अघिल्लो पटक क्वालिफायर–२ सम्म पुगेको कर्णाली याक्सको तयारी कस्तो भइरहेको छ त ?

घरेलु प्रशिक्षक र खेलाडीमा निर्भर कर्णाली याक्सले एनपीएल सिजन दुईको उपाधी उचाल्नेगरी तयारी गरिरहेको छ । ज्ञानेन्द्र मल्ल मुख्यप्रशिक्षक रहेको कर्णाली याक्स विहिबार नेपाल क्रिकेट संघ क्यानको मुख्यालय रहेको मुलपानी मैदानमा अभ्यासमा उत्रियो । 

चिरप्रतिद्घन्द्घी काठमाडौँ गोर्खाज विरुद्ध अभ्यास खेलमा उत्र्रिएको कर्णाली, मुख्य हतियार गुल्शन झा र नन्दन यादव विनै अब्बल प्रदर्शन गर्न सफल भयो । 

करण केसी नेतृत्वको काठमाडौँ गोर्खाजले दिएको १६८ रनको पन्छाएको कर्णालीले निर्धारित २० ओभरमा १६७ रन जोड्दा खेला टाई भयो । जहाँ कर्णालीका कप्तान सोमपाल कामीले अन्तिम बलमा चौका जोड्दा खेल बराबरीमा सकियो । 

काठमाडौँ विरुद्ध सम्झनलायक प्रदर्शन गरको कर्णालीका लागि पवन सरार्फ एक्लैले ९६ रन जोडे । पवनलाई कर्णालीले अक्सन मार्फत १५ लाखमा भित्राएको थियो । चोटका कारण पहिलो सिजन गुमाएका पवनले राम्रो प्रदर्शन गर्ने छनक देखाएका छन् । 

अघिल्लो संस्करणमा कुनै समयका विश्व स्टार शिखर धवन भित्राएर चर्चा बुटुलेको कर्णालीले यसपाली घरेलु युवा खेलाडीलाई मुख्य हतियार बनाएको छ । कर्णालीले रिटेन गरेका खेलाडी र अक्सनबाट पिक गरेका खेलाडी अधिकांश युवा छन् । 

युवाको जोसलाई सदुपयोग सहित च्याम्पियन हुने लक्ष्या बोकेको कर्णालीले कप्तान सोमपाल सहित गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, अर्जुन घर्ती, दिपेन्द्र रावत र युनिब विक्रम ठकुरी गरी सात जना खेलाडी रिटेन गरेको थियो । 

पवन सर्राफ, युवराज खत्री, दिपक डुम्म्रे र इमरान शेखगरी चार जना खेलाडी अक्सनबाट अनुबन्ध गरेको कर्णाली विदेशी खेलाडीको कोटामा समेत अघिल्लै सिजनका खेलाडीलाई प्राथमिकता दिएको छ । 

विदेशी कोटामा विलियम बसिस्टो, म्याक्स ओ डाउड, प्रियाकं पञ्चाल र मार्क वाट रहेका छन् । यसरी हेर्दा कर्णाली घरेलु युवा खेलाडीमा निर्भर रहेको छ । 

राजु बस्नेत कन्सल्ट्यान्ट प्रशिक्षक रहेको कर्णाली याक्स उपाधी कब्जा गर्न चाहान्छ । कर्णालीले टप अर्डर ब्याटिङमा विदेशी खेलाडी बसिस्टो, पञ्चाल र म्याक्स र वाट प्रयोग गर्ने देखिन्छ । मध्यक्रम र लो अर्डर सम्हाल्ने जिम्मेवारी युवा खेलाडीको काँधमा हुनेछ । 

पवन, अर्जुन, दिपेन्द्रले मध्यक्रमको व्याटिङ लाइन सम्हाल्दा अलराउन्डर गुल्शन र सोमपाल म्याच फिनिसरको भुमिकामा हुने पक्का छ । 

बलिङमा युवास्टार विपिन र युवराजको जोडीले किफायति प्रनर्शन गर्ने विश्वास गर्न सकिन्छ । यसैको बलमा कर्णालीले उपाधीमा नजर राखेको छ । 
 
अघिल्लो संस्करणको एनपीएलमा कर्णालीले लिग चरणका सात खेलमा चार खेलमा जित र तीन खेलमा हार ब्यहोरोको थियो । 

इलिमिनेटरमा चिवन राइनोजलाई २१ रनले पराजित गरेको कर्णाली क्वालिफायर–२ मा जनकपुर बोल्ट्ससंग २ विकेटले पराजित हुँदा फाइनल पुग्न बञ्चित भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update