काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटको विश्वभरी चर्चा भइरहेको छ । मंसिर १ गतेबाट सुरु भएको क्रिकेट मेलाको चौतर्फी प्रशंसा र झिनो आलोचना भइरहेको हो । आठवटै फ्रेन्जाइज टोली उपाधी उचाल्ने गरी प्रतिष्पर्धामा उत्रिएका छन् ।
सबै टोलीले समान एक÷एक खेल खेलिसक्दा काठमाडौँ गोर्खाज र चितवन राइनोजले दुई खेल खेलेका छन् । विहिबार पहिलो खेल खेलेको लुम्बिनीले जितको सुरुवात गरेको छ । यस्तोमा आठवटै टोलीको सुरुवाती प्रदर्शन, देशी–विदेशी खेलाडीको प्रदर्शन र मैदान भित्रबाहिरका चर्चा के कस्तो छ त ?
नेपाली क्रिकेट इतिहासकै सर्वाधिक धनराशी र चर्चाको नेपाली प्रिमियर लिग (एनपीएल) प्रतियोगिताले सबैको ध्यान खिचेको छ । किर्तिपुस्थित त्रिभुवन विश्वविधालयमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लागेको क्रिकेटको मेला त्यसको प्रमुख माध्यम बनेको छ । पहिलो पटक प्याराफिट र फ्लडलाइटमा खेल हुँदा खेलाडी र समर्थक खुसिले नाचेका छन् ।
अर्काेतर्फ नेपाली क्रिकेट ऐतिहासिक विन्दुमा पुगेको विश्लेषण सम्म हुन थालेका छन् । एनपीएलले मनोरञ्जनका साथै व्यापारव्यावसाय, पर्यटन लगायत पक्षको विकास र विस्तारमा कोशेढुंगो सावित हुने संकेत देखाएको छ ।
देश विदेशबाट नेपाली त्रिर्केट समर्थकहरु आफ्नो टोलीलाई समर्थन गर्न ठुलै खर्च गरेर टियु मैदान पुग्न थालेका छन् । यो नेपाली क्रिकेटकै लागि सुखद पक्ष हो ।
टियु क्रिकेट मैदान मात्रै होइन, देश विदेशमा रहेका नेपाली क्रिकेट समर्थकले टेलिभिजन र मोवाइल एप्लिकेसनका माध्यमबाट एनपीएल हेरिरहेका छन् ।
सामाजिक सञ्जालमा चर्चा र बहस एनपीएलकै छ । कुन टोलीले जित्यो, कसले हार्याे, कुन खेलाडीको भाग्य चम्कियो, कुन खेलाडी फ्लप भयो ।
आम क्रिकेट समर्थक बहस र विश्लेषणमा उत्रिएका छन् । एनपीएल सिजन–२ को पहिलो चरणमा सबै टोलीले कम्तिमा एक÷एक खेल खेलेका छन् भने काठमाडौँ गोर्खाज र चिनवन राइनोजले समान दुईदुई खेल खेलेका छन् ।
पहिलो चरणमा राम्रो सुरुवात गर्ने टोली
दोस्रो संस्करणको एनपीएलमा सहभागि आठ टोली मध्य पहिलो चरणका खेल खेलिसक्दा विराटनगर किंङ्सले सानदार सुरुवात गरेको छ ।
सन्दीप लामिछाने कप्तान रहेको विराटनगर देशी विदेशी नाम चलेका नामुद खेलाडीले भरिएको टोली हो । पहिलो खेलमा पोखरा एभेन्जर्स माथि ५३ रनको जितले विराटगरका समर्थक हौसिएका छन् । एनपीएल इतिहासकै ठुलो स्कोर २२१ रन बनाएको विराटनगर बलियो देखिएको पनि छ ।
ओपनर लोकेश बम र विश्वस्टार मार्टिल गप्टिलले पहिलो खेलमै आक्रमक अर्धशतकीय इनिङ खेलेका छन् । यो जोडी विराटनगरलाई च्याम्पियन बनाउन मद्दत पुग्ने देखिन्छ । अर्काेतर्फ कप्तान सन्दीप पनि सानदार लयमा देखिएका छन् ।
साविक उपविजेता सुदुरपश्चिम रोयल्स पनि घाईते बाघ झै च्याम्पियन बन्ने दौडमा छ । आफ्नो पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गरेको सुदुर परानो घाउ मेटाउन चाहन्छ । व्याटिङ, बलिङ र फिल्डिङबाट पास पल्टाउन माहिर छ सुदुरपश्चिम ।
दिपेन्द्रसिंह ऐरी नेतृत्वको सुदुरपश्चिम तुलनात्मक रुपमा बलियो देखिन्छ । हाई स्कोर र लो स्कोर दुबैमा बाजी मार्नसक्ने खुबी यो टोलीसंग छ । अघिल्लो संस्करणमा पुछारमा रहँदै उपाधी होडबाट बाहिरिएको बुद्धभुमीबाट प्रतिनिधित्व गर्ने टोली लुम्बिनी लायन्सले उत्कृष्ट सुरुवात गरेको छ । दोस्रो संस्करणको एनपीएलमा चितवनलाई ६ विकेटले पराजित गरेको लुम्बिनी राम्रो छनक देखिएको हो । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनी देशी विदेशी खेलाडीले बलियो बनेको छ ।
काठमाडौँ गोर्खाज र चितवन राइनोजको मध्यम प्रदर्शन
बागमति प्रदेशबाट प्रतिनिधित्व गर्ने टोली काठमाडौँ गोर्खाज र चितवन राइनोजले मध्यम खालको खेल पस्किएका छन् । पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको काठमाडौँ बलियो देखिन्छ ।
दोस्रो खेलमा सुदुरपश्चिमसंग २९ रनमा परजित भएपनि काठमाडौँका खेलाडीको प्रदर्शनले च्याम्पियनतर्फ संकेट गरिरहेको छ । युवा स्टार कप्तान कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले पनि उत्कृष्ट सुरुवात गरेको छ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवन उत्कृष्ट लयमा देखिन्छ ।
कमजोर सुरुवात गर्ने टोली
हुन त पहिलो खेलले नै टोलीको भविष्यको निक्र्याल गर्दैन् । एक टोलीले सात खेल खेल्नुपर्ने हुन्छ । एनपीएल सिजन–२ को पहिलो खेलमा कमजोर सुरुवात गर्ने साविक विजेता टोली हो, जनकपुर बोल्ट्स ।
स्वदेशी विदेशी खेलाडीले बलियो देखिएको जनकपुरले यस सिजन पहिलो खेलमै मोमेन्टम गुमाएको छ । अनिल शाह कप्तान रहेको जनकपुर उत्कृष्ट कमब्याकको दौडमा देखिन्छ । घेरलु खेलाडीमा निर्भर कर्णाली याक्स यस् पटक अन्य टोली भन्दा कमजोर देखिएका छ । आशा गरिएका अनिल शाह, ललित राजवंशी जादु देखाउन सकेनन् ।
युवा खेलाडीमा नजर राखेको कर्णाली पहिलो खेलमा चितवनसंग पराजित हुँदा ब्याटिङ र बलिङ दुबैमा संघर्षरत देखिन्छ । चितवन संगको हारलाई विश्लेषण गर्दा उसले धैरै मेहनत गर्नपर्ने देखाएको छ । कप्तान सोमपाल कामीले रणनीतिक सुधार गर्नु आवश्यक छ । कर्णालीको ब्याटिङ लाइन कमजोर हुनु टाउको दुखाइको विषय बन्ने देखिन्छ । कुशल भुर्तेल कप्तान रहेको पोखरा एभेन्जस हारबाट प्रतियोगिता सुरु गरेपनि राम्रो इन्टेन्सन देखाएको छ ।
अघिल्लो सिजन सुपरफ्लप भएको पोखरा प्रारम्भिक खेलबाट बलियो देखिएको छ । जनकपुरलाई पहिलो संस्करणको च्याम्पियन बनाउन नायकी भुमिका खेलेका जेम्स निशाम पोखरा पुगेका छन् । पोखराको जर्सिमा पहिलो पटक देखा परेका जेम्स विराटनगर विरुद्ध शुन्य रनमा आउट भएका छन् । पोखरा च्याम्पियन बन्नका लागि कप्तान कुशल भुर्तेल र निशाम चल्नु अति आवश्यक देखिन्छ ।
प्लेयर अफ दी म्याचमा विदेशी खेलाडी कै बर्चस्व !
एनपीएलका पाँच खेल सकिदा उत्कृष्ट प्रदर्शनमा विदेशी खेलाडीको दबदबा रहेको छ । एनपीएलको पहिलो खेलमा काठमाडौँ गोर्खाजका मिलान्द कुमार प्लेयर अफ् दी म्याच बने ।
दोस्रो खेलमा चिनवन राइनोजका रवि वोपारा, चेस्रो खेलमा नेपालका लोकेश बम र चौथो खेलमा सुदुरपश्चिम रोयल्सका हरिमित सिंह प्लेयर अफ दी म्याच बने । पाँच खेलमा तीन जना विदेशी खेलाडीले उत्कृष्ट अवार्ड पाउँदा दुई नेपाली खेलाडी समावेस छन् ।
