काठमाडौँ । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा बसेका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् ।
सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रवारदेखि धर्नामा बस्दै आएका छन् ।
उनीहरुले सहकारी ‘वचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।
आफूहरु रहरले नभई दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको वचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरुको भनाइ छ । आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरुको पीडा नसुनिदिएको दुखेसो पोखे ।
आफूहरुको वचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उनको चेतावनी छ ।
