प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार गेटमा जेन–जी समूहको प्रदर्शन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेन-जी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री कार्कीले जेन-जी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलावार सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो ।
सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेन-जी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उनले आफूहरुले सुशासन मागेके भए पनि प्रधानमन्त्रीले जेन-जीका माग पूरा नगरी निर्वानको मात्र रटान लगाइरहेको आरोप समेत लगाए ।
आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने ढुंगानाको चेतावनी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२ १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
