सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपनि नगरपालिकाको खाता सञ्चालन भने पुरानै हाकिमको नामबाट भइरहेको छ ।
नगरपालिका की नगर उपप्रमुख सकुन्तला देवीको अध्यक्षता र विभिन्न ९ वटा वडाध्यक्षकोे समर्थनमा १० दिने लामो आन्दोलन पश्चात मलंगवा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे हाजिर भएका थिए । तर, नयाँ अधिकृत हाजिर भएपनि कामभने पुरानो कर्मचारीबाट चलिरहेको छ ।
सर्लाहीको मलंगवा नगरपालिकामा चल्दै आएको दलाली प्रवृति र पुराना हाकिम र दलालको सेटिङ भत्काउन कै लागि नगर उपपप्रमुख सहितको वडा अध्यक्षले तालाबन्दी गरि आन्दोलन थालेका थिए ।
१० दिने लामो तालाबन्दी पश्चात नयाँ प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे आएपछि दलाली प्रवृति नगरपालिकाबाट निरुत्साहित हुने आशमा तालाबन्दी खोल्न सहमति भएको थियो । सहमतिपछि तालाबन्दी खोलिएपनि मलंगवा नगरपालिकाको अवस्था ज्यु का त्यु रहेको आन्दोलनमा सहभागी वडा अध्यक्षहरुको भनाई छ ।
नयाँ हाकिम घिमिरे आएपनि खाता संचालन भने पुरानै हाकिम होमनाथ सुवेदीबाट हँुदै आएपछि आन्दोलनकर्ता वडाअध्यक्षहरु निराश भएका छन् । सहमतिको नाममा ठगेको वडा नं २ का अध्यक्ष धिरेन्द्र साहले आरोप लगाए ।
नयाँ हाकीम हाजिर भईसकेको भएपनि चोरबाटोबाट पालिकाको खाता संचालन पुरानै हाकिमबाट हुनु हामीलाई स्वीकार्य नभएको बताए । यस्तो बदनियतपुर्ण निर्णय तुरुन्तै नसच्चयाए अझ कडा आन्दोलन गर्न बाध्य हुने वडा अध्यक्ष साहले चेतावनी दिएका छन् ।
आन्दोलनपछि हाम्रो १२ बुदैं सम्झौता पछि नगरपालिकाको तालाबन्दी खोलिएको वडा नं १२ का अध्यक्ष राम दरेश रायले बताए । १२ बुदा मा एउटा पनि माग पुरा नभईकनै पुरानै हाकिम सुवेदीका नाममा खाता संचालन गरि थप नगरपालिकालाई बन्धक बनाउन प्रयास भएको जनप्रतिनिधिको भनाइ छ ।
उता कार्य संचालन स्तरको खाता पुरानै हाकिम रहेका होमनाथ सुवेदीको नामबाट चल्ने गरि आफुले नै अधिकार प्रतियोजन गरि दिएको प्रमुख प्रशासकीय अधिकत होम बहादुर घिमिरेले बताए । स्थानीय सरकार संचालन ऐनलाई टेकेरै आफुले सुवेदीलाई खर्च खाता संचालन गर्न अधिकार दिएको प्रमुख प्रशकीय अधिकृत घिमिरे बताउछन् ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जे बताएपनि दवाबमा परेर वहाले आफनो अधिकार प्रतियोजन गरेको नगरपालिकामा कार्यरत कर्मचारी बताउछन् ।
विगत १२ वर्षदेखि मलंगवा नगरपालिकाको कार्यभार सम्भाल्दै आएका निमित प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले विभिन्न जालझेल गरि चोरबाटोबाट आर्थिक कारोबार गर्न आफ्नै नामबाट खाता सञ्चालन गरेको श्रोतको दावी छ ।
