काठमाडौँ । यही मंसीर २४, २५ र २६ गते हुने ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्वपतिहरू बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदैछन् ।
विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको यो तेस्रो संस्मरणको ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी पहिलोपटक २५ अर्वपतिहरू सहभागी हुन लागेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन्।
कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदैछन्।
कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने खतिवडाले जानकारी दिइन्। उनका अनुसार नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएको व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहने छ।
साथै कार्यक्रममा लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहने छ।
तीन दिन चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूलाई थप शान्तिपूर्ण र समृद्ध भविष्यका, लागि जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ कार्यक्रम संयोजक शेखर गौतमले बताए।
कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि हुनेछन्।
