कास्की । जेन–जी आन्दोलनपछि नेपालमा राजनैतिक दल खोल्ने होडबाजी नै चलेको छ । दल घोषणासँगै निर्वाचन लक्षित गतिविधिहरु पनि तीब्र पारेका छन् । यस्तैमा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको अगुवाइमा दर्ता भएको नेपाल गतिशील पार्टीले पनि पर्यटन ब्यवसाय लक्षित चुनावी अभियान शुरु गरेको छ ।
राजनैतिक दलबाट नै आजित भएर गरिएको भनिएको भदौ २३ र २४ गतेको जेन –जी आन्दोलन पश्चात नेपालमा दल दर्ताको लहरै चलेको छ ।
पछिल्ला दलहरु विचार भन्दा पनि आफ्ना एक दुई उदेश्यमा मात्र लक्षित देखिएका छन् । दर्जनौ नयाँ दल मध्य एउटा दल हो नेपाल गतिशील पार्टी । जसले पर्यटन लक्षित गर्दै आफ्नो चुनावी अभियानलाई तीब्र पारेको छ । पर्यटन व्यवसायी दिनेश प्रसाइँ अध्यक्ष रहेको पार्टी उड्यन व्यवसायी तथा बुद्द एयरका संचालक विरेन्द्र बस्नेतको अगुवाइमा दर्ता गरिएको थियो ।
पार्टीले मंगलबार पर्यटकीय राजधानी पोखरामा अन्तरक्रिया गर्दै देश विकासका लागी पर्यटनको भुमिका महत्वपुर्ण रहेको र त्यसमा लाग्न सबैलाई आह्वान गरेको छ । अन्तरक्रियामा बोल्दै पार्टी अध्यक्ष प्रसाईँले हरेक वर्ष ५ लाख युवा उत्पादन हुने तर आम्दानीको श्रोत नहुँदा आन्दोलनको जगबाट राजनैतिक परिवर्तन खोजिन थालेको तर यो गलत हुने भन्दै यसको दिर्घकालिन समस्या समाधान गर्न नेपाल गतिशील पार्टीको जन्म भएको धारणा व्यक्त गरे ।
पार्टीले आफ्नो राजनैतिक घोषणा पत्र तयार पारे पनि पोखरा पर्यटकिय स्थान भएकाले पर्यटन लक्षित अन्तरक्रिया गरेको बताँउदै पार्टी केन्द्रिय सदस्य रहेको व्यवसायी विरेन्द्र बस्नेतले त्रिभुवन, गौतम बुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट मात्र वार्षिक ५० लाख पर्यटक नेपाल भित्राउन सकिने अवधारणा प्रस्तुत गरे ।
पोखराबाट दक्षिण एसीया र बैङकक तथा भैरहवाबाट अन्तर महादेशिय उडान गर्न सकिने र त्यसले देशको पर्यटनमा कायापलट हुने उनको दाबी छ ।
नेपाल गतिशील पार्टीले देशका हरेक क्षेत्रसंग समन्वय गरी सबै क्षेत्रलाई समेटेर साझा कार्यक्रम निर्माण गरी आफ्ना काम गर्ने जनाएको छ । चुनाव लक्षित मात्र नभै देश विकास लक्षित काममा लाग्ने पार्टीका अन्य बक्ताले बताएका छन् । दल अहिले दर्ता भएको भएपनि दलको तयारी भने ३, ४ वर्ष पहिले देखि नै भएको भएको दलका नेताहरुले बताएका छन् ।
