काठमाडौं । दोस्रो संस्करणको एनपीएल प्लेअफ रोमाञ्चक बनेको छ । सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने पहिलो टोली बन्दा अन्य टोली कडा प्रतिष्पर्धामा उत्रिएका छन् ।
क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका काठमाडौँ र विराटनगरले एक खेल जित्दा प्लेअफको टिकट काट्नेछन् । बुधबार विराटनगर र लुम्बिनी आमनेसामने हुँदा नेपाली क्रिकेट समर्थक चासोपुर्वक उक्त खेल हेर्नेछन् । किनभने विश्वस्टार फाफ डू प्लेसीले एनपीएलमा डेब्यु गर्दैछन् । जसले एनपीएललाई झनै आकर्षण थपेको छ ।
गत वर्ष पहिलो संस्करणको नेपाली प्रिमियर लिग (एनपीएल)मा शिखर धवन–मार्टिल गाप्टिल जोडिदा चर्चा चुलिएको थियो । दोस्रो संस्करणमा पनि विश्व क्रिकेटका दिग्गज र चर्चित अनुहार जोडिएका छन् । ती मध्यका एक हुन फाफ डू प्लेसी ।
दक्षिण अफ्रिकाका स्टार फाप विराटनगर किङ्सबाट एनपीएल खेल्न सोमबार नै नेपाल आइसकेका छन् । उनको आगमनले नेपाली समर्थकमा खुसियाली छाएको छ ।
बुधबार टियु मैदानमा विराटनगर लुम्बिनी लायन्स विरुद्ध उत्रिदा फाप औपचारिक रुपमा नेपाली क्रिकेटसंग जोडिनेछन् । फापले ब्याट र बल चलाउँदा समर्थक मात्रै होइन्, नेपाली क्रिकेटका लागि पनि गर्वको क्षण हुनेछ ।
को हुन् फाप डू प्लेसी ?
फाप डू प्लेसी दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर हुन् । ४१ बर्षीय फप सन् २०११ देखि २०२१ सम्म राष्ट्रिय टोलीबाट खेलका छन् । विश्वभरीका ३२ फ्रेन्जाइज क्रिकेट खेलिसकेका उनी दाँया हाते व्याट्सम्यान हुन् ।
मध्यक्रमको ब्याटिङ भुमिकामा देखिने उनी लेकब्रेक बलिङ पनि गर्छन् । अन्तराष्ट्रिय क्रिकेट हुँदै विश्व प्रसिद्ध फ्रेन्जाइज लिग मानिने आइपीएलमा रोयल्स च्यालेञ्जर ब्याङलोरको कप्तानी समेत गरिसकेका छन् ।
आइपीएलमा उनले चेन्नेइ सुपरकिङ्स, राइजिङ पुने सुपरजाएन्ट र दिल्ली क्यापिटलमा रहेर क्रिकेट खेलका भएपनि आगामी आइपीएलमा भाग नलिने घोषणा उनको छ ।
अन्तर्राष्ट्रिय करियर
टि–२० अन्तर्राष्ट्रियमा फापले ५० खेलमा १५२८ रन बनाउँदा एक शतक र १० अर्धशतक प्रहार गरेका छन् । उनको वेस्ट स्कोर ११९ रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा १४३ खेलमा ५५०७ रन बनाउँदा १२ शतक र ३५ अर्धशतक प्रहार गरेका छन् ।
बेस्ट स्कोर १८५ रहेको रहँदा दुई विकेट आफ्नो नाममा गरेका छन् । टेस्टमा फापले ४९ खेलमा ४१६३ रन बनाउँदा १० शतक २१ अर्धशतक प्रहार गरेका छन् । वेस्ट स्कोर १९९ रहेको छ ।
आईपीएल करियर
इन्डियन प्रिमियर लिग (आइपीएल)मा चार टोलीबाट क्रिकेट खेलेका उनले रोयल्स च्यालेञ्जर ब्याङलोरको कप्तानी गरेका छन् । आइपीएलमा १५४ खेल खेल्दा ४७७३ रन बनाएका छन् । ३९ अर्धशतक प्रहार गरेका उनको बेस्ट स्कोर ९६ रहेको छ ।
जहाँ उनले ४३९ चौका र १७४ छक्का हिर्काएका छन् । जसले गर्दा टियु क्रिकेट मैदानमा पनि उनको ब्याटबाट चौका छक्काको बर्षा हुने अुनमान गर्न सकिन्छ ।
विराटनगरको रणनीति
एनपीएल सिजन–२ मा सुरुवाती पाँच खेल खेल्दा विराटनगर किङ्स चार खेलमा जित र एक खेलमा हार सहित ८ अंक जोडेर प्लेअफ नजिक पुगेको छ । अन्य टोली भन्दा बलियो देखिएको विराटनगरलाई प्लेअफ पुग्न एक जित पर्याप्त हो । फाप डू प्लेसीको आगमनले विराटनगर थप मजबुद बनेर च्याम्यिनको संकेत गरिरहेको छ ।
जसले अपराजित सुदूरपश्चिम रोयल्सलाई पनि रणनीति बदल्न बाध्य तुल्याएको छ । विराटनगरले फापलाई रणनीतिक रुपमा प्रयोग गरेको देखिन्छ । सुरुवातकै नजिजाले प्लेअफ पुग्न सम्भव बन्दा फापबाट ट्रफि उचाल्ने गरीको प्रदर्शनको अपेक्षा विराटनगरले गरेको छ ।
सन्दीपको कप्तानी फापको अनुभव
विश्वभरीका फ्रेन्जाइज प्रतियोगिता र अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण फापले विराटनगरका कप्तानी सन्दीप लामिछानेसंग काम गर्नेछन् ।
सन्दीपका लागि पनि अनुभव आदानप्रदान गर्नै ठुलो अवसर हुनेछ । विश्वकै एक नम्बर फ्रेन्जाइज मानिएको आएपीएलमा रोयल च्यालेञ्जर व्याङ्लोरको कप्तानी गरिसकेका उनले क्रिकेटका किङ मानिने विराट कोहलीसंगै खेलेको अनुभव छ ।
यसकारण सिंगो टोलीले उनीबाट अुनभव बटुल्ने छ । साथमा अर्का दिग्गज खेलाडी मार्टिल गप्टिल पनि विराटनगरसँगै छन् । यसो हँुदा विराटनगर ट्रफि बोकेर पुर्व फर्किने सम्भावना प्रव लबनेको छ । यद्यपी अहिलेसम्मको अपराजित रहेर शीर्ष स्थानमा रहेको सुदुरपश्चिम रोयल्स पनि बलिया टोली बनेर चट्टान झैँ उभिएको छ ।
