काठमाडौं । एमाले पार्टी महाधिवेशनमा होमिएको छ । एकताको महाधिवेशन गर्नुपर्ने दाबी गर्दै आएको एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा केपी ओलीलाई चुनौती दिने घोषणा गरेसंगै निर्वाचन हुने स्थिति बन्ने देखिन्छ । तर, के पोखरेलले ओलीलाई चुनौती दिन प्यानल नै बनाउलान ? यस्ता प्रश्न र चासोकाबीच रस्साकस्सी चुलिएको छ ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल एमालेका संस्थापक समेत हुन् । उनै पोखरेलको समर्थनमा एमालेका वर्तमान् अध्यक्ष केपी ओली दुई पटक अध्यक्ष बन्दै ४ पटकसम्म प्रधानमन्त्री बन्ने मौका प्राप्त गरे ।
एमालेको ८ औं महाधिवेशनमा महासचिव चुनिएका पोखरेलले ९ औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै पुनः महासचिवमा दोहोरिएका थिए ।
त्यसभन्दा अगाडी अध्यक्ष र महासचिवमा पराजित हुँदै आएका ओली ईश्वरको समर्थन पाएपछि अध्यक्षमा निर्वाचित भए । ९ औं महाधिवेशनमा ओलीलाई ईश्वरले समर्थन गर्दा त्यसपछिको अध्यक्ष ईश्वरलाई बनाउने गरी समझदारी भएको एमाले नेताहरुले दाबी गरीरहेका छन् ।
नवौं महाधिवेशन पछि १० औं महाधिवेशन गर्नु अगावै एमाले माओवादी एकता र फुट भयो । जसले गर्दा १० औं महाधिवेशनमा ओलीलाई नै अध्यक्षमा समर्थन गरेर पोखरेल बरिष्ठ उपाध्यक्षमा बसे । यसरी ९ औं महाधिवेशन देखि ११ औं महाधिवेशनसम्म आइपुग्दा दुई पटक ओली पार्टी अध्यक्ष मात्रै भएनन्, ४ पटक मुलुकको प्रधानमन्त्री समेत बने ।
चौंथो पटक प्रधानमन्त्री रहेकै बेला जेनजी आन्दोलनका कारण ओली बालुवाटारबाट सैनिकको हेलिकोप्टरबाट हेटौंडातर्फ जानु पर्याे ।
त्यसपछि एमालेमा नेतृत्व परिर्वतनको मुद्धा चर्काे बन्दै गएका बेला ओलीले फेरि जेनजी आन्दोलनलाई हिंसात्मक आन्दोलन भएको ब्याख्या गर्दै पुनः एमाले अध्यक्षमा ह्याट्रिक गर्ने दाउमा छन् । तर, ओलीलाई एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौति दिने भएका छन् । यतिमात्रै होइन उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमालेका उपल्लो तहका पदाधिकारीहरुले समेत पोखरेललाई खुलेरै समर्थन गरेका छन् ।
ओलीले अध्यक्ष पद हस्तान्तरण गरेर अगाडि बढे अगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने नत्र निर्वाचन नै हुने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।
उसोतः एमाले महासचिव शंकर पोखरेल भने ११ औं महाधिवेशनबाट एकताको सन्देश दिने र जनता आफूसंग रहेको प्रमाण पेश गर्ने भनिरहेका छन् ।
ईश्वर पोखरेललाई एमालेभित्र पूर्वराष्ट्र«ति विद्यादेवी भण्डारी, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र योगेश भट्टराईले खुलेर साथ दिएका छन् । उनीहरुले पोखरेलाई अध्यक्ष बनाउने र आफूहरु परिआएको खण्डमा केन्द्रीय सदस्य मात्रै रहन समेत तयार हुने स्टेटमेन्ट नै दिने गरेका छन् ।
ओलीलाई उपाध्यक्ष, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपहमहासचिव विष्णु रिमाल र सचिव पद्मा अर्यालले खुलेरै समर्थन गरेका छन् । उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ओलीलाई समर्थन गर्ने भनेपनि उनीहरुले महासचिवमा दाबेदारी पेश गर्दै दबाब बढाएका छन् ।
केहि नेताहरुले र दुबै नेताहरुले महासचिव जसले पाएपनि सहमत हुने भद्र सहमति नै गरेको भन्ने गरेका छन् । माओवादी छाडेर एमालेमा रहेको समुह अझै पनि पर्ख र हेरको अवस्थामा छ भने मधेश प्रदेशमा प्रभावशाली ठानिएका रघुवीर महासेठ अझै कतै खुलेका छैनन् ।
भुगोलबाट आएका प्रतिनिधिमा पनि ४० प्रतिशत प्रतिनिधि आफुहरुलाई समर्थन गर्ने आइसकेको दाबी पोखरेल समुहको छ भने ओली समुहले पोखरेल समुहले जति नै गर्दा पनि जित आफुहरुकै हुने बताइरहेका छ । ओली समुहमा लागेका नेताहरु पनि सकेसम्म सर्वसम्मतिमा जाने तर सर्वसम्मति हुन नसके निर्वाचन हुने बताउँछन् ।
पोखरेललाई ओलीसंग असन्तुष्ट रहेको एमालेको समुह, पार्टी फुटका बेला माधव नेपाललाई छाडेर एमालेमै रहेको समुह, विद्या भण्डारी समुहको साथ छ ।
पोखरेल समुहमा रहेका नेताहरु प्रतिनिधि चयन हुँदा पार्टीको विधि अनुसार भएको भनिरहेका छन् । उनीहरु भुगोलबाट चुनिएर आएका प्रतिनिधि संख्यासंग सन्तुष्टि नै देखिएका छन् । यसले पनि यो समुहले निर्वाचनमा आफ्नो पक्षमा नतिजा निकाल्न सक्ने आंकलन गरिरहेको छ ।
१० औं महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बनेका भीम रावललाई भन्दा पनि सहज तरिकाले महाधिवेशनमा जित निकाल्ने दाबी विगतमा ओली समुहको थियो । तर जिल्ला जिल्लामा प्रतिनिधि चयन गर्दा देखिएको गुटगत प्रतिस्पर्धाले ओली समुह झस्किएको छ ।
