यूसिएमएएस इन्टरनेशनल कम्पिटिशन २०२५ मा सहभागी हुन नेपाली टोली जर्जिया प्रस्थान
काठमाडौं । यूसिएमएएस इन्टरनेशनल कम्पिटिशन २०२५ मा सहभागिता जनाउन नेपाली प्रतिस्पर्धी टोली जर्जिया प्रस्थान गरेका छन् । विश्वभरका करिब ५० देशबाट प्रतिस्पर्धीहरूको उपस्थिति रहने यो प्रतिष्ठित प्रतियोगिता जर्जियामा यही डिसेम्बर ६ र ७ मा आयोजना हुँदैछ।

यही प्रतिस्पर्धाका लागि बिहीबार नेपालबाट ६ प्रतिस्पर्धी विद्यार्थीहरु जर्जिया प्रस्थान गरेका हुन् । यो प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै प्रतेन खत्री, प्रकृति गुरुङ, विशेस्तालक्ष्मी गुरुङ, विश्वास गुरुङ, आराध्याय राजकर्णिकार र उपलक्ष्य शाक्यले सहभागिता जनाउँदै छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२ ११:५०
प्रतिक्रिया दिनुहोस्
