News 24 Television
एनपीएल प्लेअफ समीकरण पुरा, दिपेन्द्र र सन्दीप आमनेसामने ! कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ समीकरण पुरा भएको छ । शुक्रबार भएको निर्णायक खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दा समीकरण पुरा भएको हो । आठ फ्रेन्जाइज टोली सहभागि प्रतियोगितामा चार टोली उपाधि होडबाट बाहिरिएका छन् । प्लेअफमा स्थान बनाउने टोलीमा सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज,  विराटनगर किङ्स र लुम्बिनी लायन्स बनेका छन् । सुदूरपश्चिम क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ । समग्रमा हेर्दा कस्तो रहयो त प्लेअफ समीकरण ?

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ समीकरण शुक्रबार पुरा भएसँगै आठ फ्रेन्जाइज टोली सहभागि प्रतियोगितामा चार टोली उपाधि होडबाट बाहिरिएका छन् । एनपीलको दोस्रो संस्करण अन्र्तगत सुदूरपश्चिम रोयल्स सबैभन्दा बलियो टोली देखिन्छ । 

काठमाडौँ गोर्खाज साइलेण्ट किलरका रुपमा देखा पर्दा विराटनगर किङ्स स्टार खेलाडीको बलमा बलियो देखिदा उपाधिमा यिनै टोली विच भिडन्त हुने आकलन गर्न थालिएको छ । सुदुरपश्चिम क्वालिफायरमा पुग्ने पहिलो टोलीको टिकट काट्दा शनिबार विराटनगर र सुदुरपश्चिम विचको खेलले दोस्रो क्वालिफायर टोलीको टुंगो लाग्नेछ । 

एनपीएलमा शिर्ष स्थानका दुई टोलीले पहिलो क्वालिफायर खेल्ने नियम छ । तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने प्रावधान रहेको छ । पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा स्थान बनाउदा पराजित भएको टोली दोस्रो क्वालिफायर खेल्न पाउने सुविधा रहन्छ । 

इलिमिनेटरको विजेता र क्वालिफायर १ पराजित टोली विच दोस्रो क्वालिफायर हुन्छ । उक्त खेलमा जित निकाल्ने टोली फाइनलमा पुग्नेछ । 

प्लेअफमा पुग्ने चार टोली 

१. सुदूरपश्चिम रोयल्स

राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका अलराउन्डर दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदुरपश्चि रोयल्सले अहिलेसम्म ६ खेलमा शतप्रतिशत जित निकाल्दै क्वालिफायर खेल्ने टोली बनेको छ । 

बलिङ, ब्याटिङ र फिल्डिङमा उम्दा देखिएको सुदुरपश्चिमा उपाधि भोक देखिन्छ । हालसम्म सुदूरपश्चिमले कुन–कुन टोलीलाई पराजित गर्याे त ?

–चितवन राइनोज माथि ४९ रनको जित

–जनकपुर बोल्ट्स माथि ६ विकेटको जित

–लुम्बिनी लायन्स माथि ७ विकेटको जित

–कर्णाली याक्स माथि ४५ रनको जित

–पोखरा एभेन्जस माथि १८ रनको जित

–काठमाडौँ गार्खाज माथि २९ रनको जित

२. काठमाडौँ गोर्खाज

राष्ट्रिय टोलीका नियमित पेस बलर करण केसी कप्तान रहेको काठमाडौँ गोर्खाजले लिग चरणका सात खेल खेल्दै प्लेअफमा टिकट काटेको हो । काठमाडौँले लिग चरणमा पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । 

–जनकपुर बोट्स माथि ६ विकेटको जित

–पोखरा एभेन्जर्स माथि १३ रनको जित

–कर्णाली याक्स माथि ५ विकेटको जित

–चितवन राइनोज माथि ५३ रनको जित

–लुम्बिनी लायन्स माथि २२ रनको जित 

–सुदूरपश्चिम रोयल्ससँग २९ रनको हार 

–विराटनगर किङ्ससँग ५ विकेटको हार 

३. विराटनगर किङ्स

राष्ट्रिय टोलीका बलिङ स्टार सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किङ्सले एक खेल अगावै प्लेअफमा पुगिसकेको छ । शनिबार सुदूरपश्चिमविरुद्ध खेल्दा विराटनगर जिन निकालेर क्वालिफार खेल्न चाहान्छ । 

–पोखरा एभेन्जस माथि ५३ रनको जित

–काठमाडौँ माथि ५ विकेटको जित

–जनकपुर बोल्ट्स माथि ९ रनको जित 

–कर्णाली याक्स माथि ३ विकेटको जित 

–चितवन राइनोजसँग ४८ रनको हार

–लुम्बिनी लायन्ससँग ५ विकेटको हार 

४. लुम्बिनी लायन्स 

राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल कप्तान रहेका टोली लुम्बिनी लायन्स मध्यम प्रर्दशन गर्दै प्लेअफमा पुगेको हो । शुक्रबार भएको निर्णायक खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई ४ विकेटले पारजित गर्दै स्थान सुरक्षित गरेको हो ।
 
–जनकपुर बोल्ट्स माथि ४ विकेटको जित

–विराटनगर किङ्स माथि ५ विकेटको जित

–पोखरा एभेन्जस माथि ३ विकेटको जित 

–चितवन राइनोज माथि ६ विकेटको जित

–सुदुरपश्चिम रोयलससँग ७ विकेटको हार

–काठमाडौँ गोर्खाजसँग २२ रनको हार

–कर्णाली याक्ससँग ९ विकेटको हार 

प्लेअफ समीकरण पुरा भएसँगै एनपीएलको रौनकता थप बढ्ने भएको छ । हारले टोली प्रतियोगिताबाट बाहिरिने हुँदा खेलाडी मैदानमा दिलोज्यान लगाएर खेल्नेछन् भने समर्थकको समर्थन पनि सोहि अनुसार हुनेछ । दोस्रो संस्करण च्याम्पियन टोली पाउन भने मंसिर २७ नै पर्खिनुपर्नेछ । 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update