काठमाडौं । जेनजी आन्दोलनपछि नेपालको अर्थतन्त्रमा खतराका संकेतहरु देखिएका छन्। विदेशी लगानीकर्ताहरु आउने स्थिति बन्न समय लाग्ने देखिन्छ भने निजी क्षेत्रले पनि सरकारको साथ र सहयोग खोजिरहेको छ । यस्तोमा व्यवसायीहरुले स्थायित्व, लगानीमैत्री वातावरण र सुरक्षा खोजिरहेका छन् ।
नेपालको अर्थतन्त्र रेमिट्यान्सले धान्ने अवस्था छ । निजी क्षेत्र जेनजी आन्दोलनपछि त्रसित स्थितिमा छ । किनभने धेरै व्यवसायीका लगानीहरु क्षणभरमै खरानी बनेका छन् ।
ठूलो लगानी गरेर प्रतिफलको अपेक्षा गरिरहेको बेला भएको विध्वंशले निजी क्षेत्र त्रसित छ भने अर्थतन्त्रलाई सघाउनका निम्ति आवश्यक वातावरण खोजिरहेको छ । व्यवसायीहरुले भनिरहेका छन, निजी क्षेत्रलाई बाहिर राखेर अर्थतन्त्र सबल बन्न सक्दैन् ।
निजी क्षेत्रले राजनीतिक प्रणालीका कारण दुख भोग्नुपरेको गुनासो समेत गरिरहेको छ । यसकारण र्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्नेमाग उनीहरुले राख्न थालेका छन् ।
व्यवसायीहरुले अर्थतन्त्र अहिले संकटमा रहेको भनिरहेका छन् । अहिलेको अवस्था आर्थिक संक्रमणको भन्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सचेत कदमको अपेक्षा गरेको भनेका छन् ।
व्यवसायीहरुको गुनासो सुनिपछि लगानी बोर्डका प्रमुखकार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले स्थायित्व नभएको स्वीकार गरे ।
पहिलेदेखि नै संकटउन्मुख रहेको नेपालको अर्थतन्त्र जेनजी आन्दोलनपछि थप क्षतिमा पुगेको छ । लगानीकर्ताहरु नयाँ लगानी गर्न डराइरहेका छन भने अवसर भने यस्तै बेला हुने भएकाले सरकारले उनीहरुलाई सुरक्षाको ग्यारेन्टी गर्दै काम गर्न प्रोत्साहित गर्नुपर्ने अवस्था छ ।
