News 24 Television
नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथुन सम्पन्न

काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कले संयुक्त रुपमा यही मङ्सिर २० गते शनिबारको दिन, सयौं स्केटरहरुको सहभागितामा खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपालमै पहिलोपटक सम्पन्न यो स्केट म्याराथन काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा सम्पन्न भएको हो । 

सोही प्रतियोगितामा नेपाल, भारत, दुबइ र मलेसिया लगायतका देशहरुबाट सहभागी स्केटरहरु झण्डै एक सय भन्दा बढी रहेका थिए । जसमध्ये नेपालबाट पुरुषतर्फ प्रथम साम्देन गेल्बु शेर्पा, द्वितीय अनिश गुरुङ र तृतीय सफल थापा भएका छन् भने महिलातर्फ पनि नेपालबाटै प्रथम निमीशा पाख्रीन, द्वितीय मोनिका मगर र तृतीय सिवानी रेग्मी भएका छन् ।

ef629310-4f14-4082-9072-bc518a5d08e6-1765269828.jpg
 

प्रतियोगितामा प्रथम हुनेले ५० हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीयले ३० हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् त्यस्तै तृतीय हुनेले १५ हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । स्केट मिनी म्याराथन प्रतियोगितामा छिमेकी राष्ट्र भारतबाट फरक क्षमता भएका पाँच जना दृष्टिविहिन ब्यक्तिहरुले समेत भाग लिएका छन् ।

खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथन प्रतियोगितामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता र गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्केट म्याराथुन प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गरिएको भए तापनि नेपालभित्र र विभिन्न देशहरूबाट स्केटरहरु सहभागी भएकोले प्रथम प्रतियोगिता कार्यक्रम, एक ऐतिहासिक र संतोषजनक रहेको आयोजक तथा द स्केटल्याण्डका संचालक अब्राहम कुलुङ राईले बताएका छन् ।

18b140fc-aeba-4d6b-9123-619f8d2a446f-1765269781.jpg

8b2a82a1-6c03-426f-8be4-813f9c196207-1765269809.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update