News 24 Television
साढे १२ अंकले घट्यो आजको शेयर बजार

काठमाडाैँ । आईतवार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज –नेप्से साढे १२ अंकले घटेको हो । नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ बिन्दुमा आएको छ । दिनभरमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३३० वटा कम्पनी कारोबारमा आउँदा ६० हजार ६९९ पटक शेयर किनबेच भएको थियो । आज २ वटा कम्पनीको शेयर मूल्यमा मात्र सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ वटा समूहमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेको छ । 

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update