News 24 Television
एपीएएफ भर्सेस इस्ट बंगाल, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली दर्शकबाट उपेक्षा गरिएको साफ वुमेन्स क्लव च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । नेपालको एपीएफ क्लव र भारतको इस्ट बंगाल एफसीविचको खेल शनिबार साँझ ५ बजे दशरथ रंगशालमा हुन लागेको छ । दुबै टोलीको नजर उपाधीमा हुनेछ ।

समुह चरणको अन्तिम खेलमा बराबरी खेल्दै फाइनल पुगेका दुई टोली नेपालको एपीएफ क्लव र भारत इस्ट बंगाल एएफसी विचको उपाधी भिडन्त रोमाञ्चक हुनेछ । घरेलु समर्थक र मैदानको फाइदा नेपाली महिला टोलीलाई हुनेछ भने भारतको टोलीले स्तब्ध पार्दै उपाधी चुम्ने लक्ष्यमा ध्यान हुनेछ । 

दशरथ रंगशालामा एपीएफलाई गर यार मरको स्थिति बन्नेछ । साँझ पाँच बजे हुने खेलका लागि अधिकांश राष्ट्रिय खेलाडीले भरिपुर्ण एपीएफ टोलीको खेल भने त्यति धेरै प्रशंशा गर्न लायक भने छैन् । 

बरु इस्ट बंगालको टोली निकै ब्यालेन्स देखिएको छ । लिग चरणमा एपिएफले खेलेका ४ मध्ये २ मा जित र २ मा बराबरी गर्दै ८ अंक जाड्दा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । शीर्षस्थान रहँदै फाइनल पुगेको इस्ट बंगालले लिगचरणका ४ खेलमा ३ जित र १ बराबरीका साथ १० अंकको नतिजा निकालेको थियो । 

एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमीले ४–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले पराजित गर्दा इस्ट बंगालसंग गोलरहित बराबरी खेलेको थियो । 

अर्काेतर्फ च्याम्पियनसिपमा सानदार प्रदर्शनका गरेर उपाधीमा नजर राखेको इस्ट बंगालले ट्रान्सपोर्टलाई ४–०, कराँचीलाई २–० र नासिरलाई ७–० ले पराजित गर्दै गोलको बर्षा गरेको थियो । 

प्रतियोगितामा एपीएफ र इस्ट बंगालले अहिलेसम्म गोल खाएका छैन् भने विपक्षीको पोस्टमा एपिएफले ५ गोल गर्दा इस्ट बंगालले १३ गोल गरेको छ । यस हिसावले इस्ट बंगालको टोली निकै नै बलियो देखिएको छ । घरेलु मैदानमा नेपाललाई पराजित गर्दै उपाधी चुम्ने लक्ष्य यो टोलीको देखिन्छ ।  

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ वेमेन्स च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रका टोलीको सहभागिता रहेको थियो । तर नेपाली दर्शकले प्रतियोगितालाई नकारेको अवस्था छ । 

भब्य हुनुपर्ने क्लव साफ प्रतियोगिता केवल औपचारिकतामा सिमित बनेको छ । नेपाली फुटबल दर्शकका प्रतियोगितालाई खास्सै चासो दिएका छ्रैनन् ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update