News 24 Television
नेपाल–भारतबीच पर्यटनमा सहकार्य गर्ने सहमति, नेपालले लाभ लिन सक्ला ?

कास्की । नेपाल–भारतबीच पर्यटन सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले पोखरामा सम्पन्न नेपाल–भारत पर्यटन भेटघाटले आपसी पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ । 

धार्मिक, सांस्कृतिक, बौद्ध, वन्यजन्तु तथा साहसिक पर्यटनका क्षेत्रमा संयुक्त कार्यक्रम अघि बढाउने सहमतिसँगै स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटन विस्तारमा समेत जोड दिइएको छ । पर्यटन व्यवसायी र सरकारी अधिकारीहरूको सक्रिय सहभागितासहित भएको भेटघाटले दुई देशबीचको पर्यटन साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । 

नेपाल र भारतबीच पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले पोखरामा हालै एक महत्वपूर्ण पर्यटन भेटघाट सम्पन्न भएको छ । भेटघाटमा दुवै देशका पर्यटन व्यवसायी तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट, बौद्ध परिपथ, वन्यजन्तु तथा साहसिक पर्यटनका क्षेत्रमा सहकार्य गर्ने विषयमा व्यापक छलफल गरिएको छ । 

साथै स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटनलाई प्रवद्र्धन गर्ने, आपसी अनुभव आदान–प्रदान गर्ने तथा नयाँ पर्यटन नीतिहरूको प्रभावकारी कार्यान्वयनबारे पनि विचार विमर्श भएको छ । उत्तर प्रदेश सरकारले पर्यटन नीति कार्यान्वयनमा अपनाएका उत्कृष्ट अभ्यासहरू नेपालमा प्रयोग गर्ने विषय पनि कार्यक्रममा उठाइएको थियो । 

विषेशगरी नेपालको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटकको मुख्य स्रोत नै भारत रहेको दाबी नेपालका लागि भारतीय दूतावासका उपप्रमुख डा. राकेश पाण्डेको छ ।

पोखरामा भएको कार्यक्रम अन्तर्गत नेपाल र भारतका पर्यटन व्यवसायीहरूबीच प्रत्यक्ष भेटघाट (बी–टु–बी सत्र) समेत आयोजना गरिएको थियो, जसमा सम्भावित साझेदारी, प्याकेज निर्माण तथा संयुक्त बजार प्रवद्र्धनका विषयमा छलफल भएको छ । 

पर्यटन व्यवसायीहरूले यस्तो सहकार्यले नेपाल–भारत पर्यटन साझेदारीलाई थप बलियो बनाउँदै दुवै देशको पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । पर्यटकलाई थप आकर्षित गर्न गण्डकी सरकारले भौतिक पूर्वाधार सहितका गन्तव्य थप आकर्षक बनाइरहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

बी–टु–बी कार्यक्रमको मुख्य उद्देश्य भारतबाट नेपाल आउने पर्यटकको संख्या बढाउनु, गण्डकी प्रदेशसहित पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्नु तथा दुई देशबीचको पर्यटन उद्योगलाई थप सुदृढ बनाउनु रहेको आयोजकले जनाएका छन् ।

भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत देश भएकाले भारतीय बजारलाई लक्षित नयाँ पर्यटन उत्पादन विकासमा यो भेटघाटले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा समेत गरिएको छ । 

कार्यक्रममा भारतबाट १० जना तथा नेपालबाट ६० जना पर्यटन व्यवसायी र टुर अपरेटरहरूको सहभागिता थियो । पर्यटन विज्ञहरूका अनुसार यस्ताखाले नेपाल–भारतबीच हुने प्रत्यक्ष भेटघाट, बी–टु–बी संवाद र संयुक्त पहलले भारतीय पर्यटकको आवागमन बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update