रुपन्देही । रुपन्देही जिल्लाको सियारी वडा नं. ५ मा २०७५ सालदेखी सञ्चालन भैरहेको र विगत ३ वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन भैरहेको लुम्विनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नती गर्न Lumbini Marriott Resort & Spa को ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ । जुन Marriott International को काठमाण्डौ उपत्यका वाहिरको पहिलो र एकमात्र उपस्थिति हुने छ । जसको
लागि रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायतका रिसोर्टका सञ्चालकहरु एवम् उच्चपदस्थ पदाधिकारीहरु र Marriott International को तर्फबाट Marriott International को एशिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन
अधिकृत Neeraj Govil / Marriott International र Senior Vice President, Development South Asia, Mr. Kiran Andicott, Vice President, Development South Asia, Ms. Juhi Roy लगायतका उच्चपदस्थ पदाधिकारीज्यूहरुको संलग्नतामा Global Hospitality Licensing S.A R. L. (Marriott International) Hotel Management Agreement (HMA) सम्पन्न गरेको छ ।
लुम्विनी प्यालेस रिसोर्ट लिमिटेडले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । नेपालको पर्यटन उद्योगमै विल्कुलै नयाँ सुविधाहरु सहित नेपालको पहिलो र एकमात्र Water Resort को रुपमा सञ्चालन हुने यस रिसोर्टमा अत्याधुनिक, Futuristic एवम् उच्च प्रविधियुक्त Water Fountains, Water Shows, Musical Fountains, 3D Water Screens, Motor Boating, Mini Cruise, Water Restaurant, Water Spa लगायतका दर्जनौं Water Activities को अदभुत सुविधाहरु उपलब्ध हुनेछ । साथै, हाल विश्वभर नै चुनौतीको रुपमा रहेको Climate Change, Global Warming, Ecological Imbalances लगायतका विषयहरु समेतलाई ह्दयङ्गम गर्दै यस रिसोर्टलाई नेपालको पहिलो र एकमात्र Green Certification (Gold) सहितको Wellness Retreat and Eco Resort को रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । जस अन्र्तगत Green Certification (Gold) को लागि पूरा गर्नुपर्ने मापदण्डहरु जस्तै वातावरण संरक्षण, उर्जा वचत, दिगो विकास र कम प्रदुषणहरु लगायतका प्रावधानहरुको पूर्ण परीपालना
गर्ने लक्ष्य लिइएको छ । त्यस्तै गरी प्राकृतिक एवम् दिगो मानव स्वास्थ्य एवम् Naturotherapy लाई पनि प्रवद्र्धन गर्दै Organic Certification सहितको नेपालको पहिलो र एकमात्र Organic Five Star Wellness Luxury Resort को रुपमा यस रिसोर्टलाई विकास गर्ने लक्ष्य समेत लिइएको छ ।
त्यसैगरी, Sports Tourism समेतलाई प्रवद्र्धन गर्न यस रिसोर्टलाई एउटै छातामुनी नेपालमा खेलिने सम्पूर्ण प्रमुख खेलहरुको लागि आवश्यक हुने अन्तराष्ट्रिय स्तरको सम्पूर्ण पुर्वाधार सहितको नेपालको पहिलो र एक मात्र Multi Specialty Resort को रुपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ । साथै, शान्तीका प्रतिक गौतम बुद्धको जन्मस्थल लुम्विनीको र नेपालको विविध सांस्कृतिक धरोहरहरुको
प्रबद्र्धन गर्न यस रिसोर्टमा Buddha Theme Park, Mini Stupas, Mini Buddha Museum, Meditation Zones, Cultural Centers लगायतका अदभुत सम्मिश्रण समेत उपलब्ध हुनेछ ।
पूर्ण सञ्चालनमा आएपश्चात Water/Eco/Wellness/Sports/Cultural लगायतका विश्व पर्यटनका विभिन्न विधाहरुको अनुभव हासिल गर्न चाहने एवम् अन्तराष्ट्रिय स्तरका सभासम्मेलन गर्न चाहने तथा विवाह लगायतका सर्वाङ्गीण महत्वका व्यक्तिगत कार्यक्रमहरुको लागि अन्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त नेपालकै पहिलो र एकमात्र उत्कृष्ट गन्तव्यको रुपमा यस रिसोर्ट स्थापित हुने विश्वास लिइएको छ ।
जसलाई मुर्तरुप दिनको लागि यस रिसोर्टमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरको होटल व्यवस्थापनमा करिब २७ वर्ष भन्दा बढीको अनुभव हासिल गर्नु भएका Mr. Vijayananmaran Sanmugam nfO- Vice President – Operations and Assets Development को हैसियतमा व्यवस्थापन प्रमुखको रुपमा नियुक्त गरिसकिइएको छ । साथै, यस रिसोर्टमा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त विज्ञहरुलाईManagement/Assets Development Consultant को रुपमा समेत नियुक्त गरिसकिइएको छ ।
स्थानीय रोजगारी, स्थानीय उत्पादन, पर्यटन प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा प्रत्यक्ष एवम परोक्ष योगदान गरी देशकै एउटा नमुना गन्तव्य स्थलको रुपमा स्थापित गर्ने रिसोर्टको योजना रहेको छ । साथै, रिसोर्टले प्राथमिक शेयर (IPO) निस्कासन गर्नको लागि आवश्यक तयारी समेत अघि बढाइएको छ ।
