काठमाडौँ । स्वदेशी उद्योगमार्फत नेपाली अर्थतन्त्रमा निरन्तर योगदान दिँदै आएको रिजालको ग्रुप एण्ड कम्पनीले आफ्नो ३२ वर्षको सफल यात्रालाई स्मरण गर्दै डिलर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा देशभरका डिलर, डिस्ट्रीब्युटर, व्यवसायिक साझेदार र कर्मचारीसहितको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमको सभापतित्व रिजालको ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक नबिन रिजालले गरेका थिए ।
आजभन्दा करिब ३०–३२ वर्षअघि, आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने दृढ इच्छासहित एक युवक रोजगारीको खोजीमा काठमाडौँ आए, राजधानीका विभिन्न ठाउँहरूमा जागिर खोज्दा पनि आफ्नो क्षमता, सोच र आत्मसम्मानसँग मेल खाने अवसर नपाएपछि उनी पुन आफ्नै जन्मथलो विराटनगर फर्किए । यही फर्काइ नै कम्पनीले विरासतको इतिहास लेख्न सफल बन्न पुग्यो । विराटनगर फर्किएपछि ‘जागिर खोजेर मात्र होइन, जागिर दिन सक्ने व्यक्ति बन्नुपर्छ’ भन्ने सोच उहाँको मनमा गहिरिँदै गयो यही सोचले जन्म दियो आजको रिजालको ग्रुप एण्ड कम्पनी ।
रिजालको कम्पनी नेपालमै फाइभ लेयर ट्यांकी अत्याधुनिक प्रविधिबाट उत्पादन गर्ने पहिलो कम्पनी हुन पुगेको छ । सुरुवाती दिनमा एक ग्राहकको गुनासो सुन्दै समाधान खोज्ने प्रयासले नै कम्पनीलाई नवप्रवर्तनतर्फ डो¥यायो । पानी ट्यांकी उत्पादनबाट सुरु भएको रिजालको ग्रुपले समयसँगै आफूलाई परिमार्जन गर्दै पिभिसि ,सिपिभिसि , एचडिपिइ पाइप र फिटिङ, गार्डेन पाइप, बोरिङ पाइप लगायतका उत्पादन गर्दै आएको र आगामी दिनमा स्टिल ट्यांकी उत्पादन सुरु गर्ने रिजालले जानकारी दिए ।
उनले कर्मचारी, डिष्ट्रिब्यूटर, उपभोक्ता र सम्पूर्ण टिमलाई धन्यवाद दिँदै भने, “हाम्रो सफलताको श्रेय सबैसँग जोडिएको छ । बिना तपाईंहरूको मेहनत, विश्वास र सहयोगको यो उपलब्धि सम्भव थिएन ।”
भविष्यमा कम्पनीलाई अझ व्यवस्थित, दिगो र नवीन प्रविधिमा आधारित बनाउन प्रतिबद्धता जनाउँदै भने, “हामी हाम्रो आगामी पुस्ता र नयाँ उद्यमीहरुलाई प्रेरित गर्न निरन्तर अगाडि बढ्नेछौ । देशको अर्थतन्त्र र व्यवसायिक वातावरण मजबुत बनाउन हामी सबैको साझा प्रयास आवश्यक छ ।” रिजालको ग्रुपको यो यात्रा केवल व्यावसायिक सफलता मात्र होइन, देशप्रति समर्पण, युवाप्रति प्रेरणा र समाजप्रति योगदानको प्रतीक बनेको छ । कम्पनीका ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का रहेको पनि बताए ।
कार्यक्रमको क्रममा २०८१–८२ का उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । डिलरहरूले रिजालको ग्रुपलाई एउटा कम्पनी होइन, परिवार को रूपमा व्याख्या गर्दै आगामी दिनमा सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता जनाए ।
