News 24 Television
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङजा । स्याङ्जाको वालिङ ७ घोडेपानीमा  ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् ।
मृत्यु हुनेमा वालिङ नगरपालिका ७ केवरे बस्ने ६५ वर्ष डोलराज कोइराला र कैलाली टिकापुर नगरपालिका ७ बस्ने ३५ वर्षीय राज कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले बताए ।

वालिङ नगरपालिका ७ घोडेपानीस्थित वालिङ चापाकोट पक्की सडक खण्डमा वालिङबाट ढुङ्गा लिई चापाकोट तर्फ जाँदै गरेको लु ३ त ५१७३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटना परी घाइते हुनेमा चालक पश्चिम नवलपरासी सरल गाउँपालिका १ अनन्दनगर बस्ने २८ वर्षीय लाल बहादुर सुना, कैलाली लम्की नगरपालिका ५ पाँचचौर बस्ने २२ वर्षीय श्याम चौधरी, सोही ठाउँ बस्ने ३९ वर्षीय लक्ष्मण चोधरी र दाङ राप्ती गाउँपालिका ५ बस्ने ३५ वर्षीय हुकुम बहादुर दर्लामी मगर रहेको छन् ।

घाइते सबैलाई प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचार गरी पोखरा रिफर गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update