News 24 Television
डा. कर्मा वाङ्छु शेर्पालाई सम्मान

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित विलमिङटन मेट्रोपोलिटन विश्वविद्यालय (Wilmington Metropolitan University) बाट प्रदान गरिएको सम्मानार्थ विद्यावारिधि (Honorary Doctorate) उपाधि प्राप्त गरेको अवसरमा डा. कर्मा वाङ्छु शेर्पाको सम्मानमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

कुलुङ शेर्वी किदुगको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री आगं छिरिङ शेर्पा प्रमुख अतिथि थिए । कार्यक्रममा डा. शेर्पाको शैक्षिक उपलब्धि, सामाजिक योगदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाजको पहिचान प्रवर्द्धन गर्न पुर्याएको योगदानको उच्च कदर गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले डा. शेर्पा ज्यूलाई प्राप्त सम्मानले नेपाली समुदायको गरिमा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुगेको उल्लेख गर्दै उनको योगदान प्रेरणादायी रहेको बताएका छन्।

सम्मान ग्रहणपछि डा. कर्मा वाङ्छु शेर्पाले यस सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपाली समाज र शेर्पा समुदायको साझा उपलब्धिका रूपमा लिएको प्रतिक्रिया व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update