काठमाडौं । शुक्रबार ग्लोवल कलेजले गरेको पोलिसी डिवेटमा शिक्षा, रोजगारी र सुशासनका विषयमा छलफल भयो । काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवारलाई विधार्थी र मतदाताले प्रश्नको बर्षा गरे । निति र विधीमा टेकर गरिएका प्रश्नको जवाफ भने गोलमोटल नै थिए । यद्यपी डिवेटले मतदाता र उम्मेदवारका विचमा भौतिक चेतनाको बहस भने सिर्जना गरेको छ ।
फागुन २१ को चुनावका लागि राजनीतिक दलहरु तिब्र तयारीमा जुटेका छन् । चुनावी प्रचारप्रसार देखि राजनीतिक एजेण्डामा नेताहरुमा उम्मेदवारको ध्यान छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले जनतासामु आफ्नो निति र विचार प्रस्तुत पनि गरिरहेका छन् । नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका विषयमा भम्भिर भएर प्रश्न पनि पर्ने गरेका छन् ।
शुक्रबार धम्बाराहीमा रहेको ग्लोवल कलेजको प्रांगढमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवारसंग शिक्षा, रोजगार र सुशासनका विषयमा पोलिसी डिवेट भयो । डिवेटमा कांग्रेसका उम्मेदवार सचिन तिमिल्सिना, राप्रपाका डा. सुरेन्द्र भण्डारी र उज्यालो नेपाल पार्टीका दीपक अधिकारी सहभागि भए । डिवेडमा विद्यार्थी र मतदाताले कडा प्रश्न गरे ।
डिवेट एमालेका डा. राजन भट्टराई, नेकपाका इज्द्र भुसाल तथा काठमाडौँ ५ का उम्मेदवार सुस्मित पोखरेललाई पनि समावेश गरिएपनि उनीहरुले बहिस्कार गरे ।
कार्यक्रममा पोलिसी डिवेट भनिए पनि दलका उम्मेदवारको प्रस्तुती भने निकै भिन्न देखिएको थियो । राजनीतिका आग्रह र पुर्वाग्रह बाहेक कुनै स्पष्ट रोडम्याप कसैले सार्वजनिक गर्न सकेनन् । भ्रष्ट्राचार नियन्त्रण, सुशासन र रोजगारी सिर्जनामा स्पष्ट धारणा आउने विश्वास विधार्थी र मतदाताको थियो तर उम्मेदवारले भने जमेर प्रतिवद्धता देखाउन सकेनन् ।
