काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा पाँचौं संस्करणको ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८२ यही फागुन १ र २ गते ललितपुरको मंगलबजारमा सम्पन्न भएको छ।

संघले २०७६ सालदेखि निरन्तर यस मेयर कप प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा पुरुषतर्फ १५० र महिलातर्फ १५० जना खेलाडीहरू सहभागी भएका थिए।

प्रतियोगिता सञ्चालनका लागि निर्णायक, व्यवस्थापक, प्रशिक्षक तथा स्वयंसेवक गरी ५० जना जनशक्ति परिचालन गरिएको थियो। कराते खेलको प्रवध्दन, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ।

८ यस वर्षको नियमित रामजी गुरु स्मृति नगद पुरस्कारको लागि सबै विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५० हजार (५५) के.जी. तौल महिला समुहको प्रथम लक्ष्मी थिङ्ग जितेका छन् ।

सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई त्रफि, शिल, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि भएको थियो।
