News 24 Television
२३ जना नियन्त्रणमा, शान्तिका लागि सर्वपक्षीय सहमति

रौतहट । रौतहटको गौर –६ सबगढामा दुई समुदायबीचको तनाव अन्त्य गर्नुका साथै जिल्लामा शान्ति कायम राख्न सबगढा क्षेत्रमा सोमबार बिहान ७:३० बजे सद्भाव ¥याली निकाल्ने निर्णय भएको छ ।  आईतवार बसेको सर्वपक्षिय बैठकले स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाज बीच सद्भाव ¥याली निकाल्ने सहित ५ बुँदे सहमति भएको छ । 

रोैतहटको सबगढामा भएको विवादलाई सदाका लागि अन्त्य गर्न आइतवार बसेको  सर्वपक्षिय बैठकले ५ बँुदे सहमति गरेको छ । दुवै पक्षका स्थानीय भद्रभलादमीहरूको उपस्थितिमा जिल्ला सुरक्षा समितिले निरन्तर छलफल र संवाद अगाडि बढाउने, सामाजिक सञ्जाल (फेसबुक, टिकटक, आदि) मार्फत् साम्प्रदायिक विद्वेष फैलाउने, भ्रामक सूचना सम्प्रेषण गर्ने र अशान्ति मच्चाउने व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्ने तथा यसका लागि सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय भएको छ ।

त्यस्तै फागुन ७ गतेको घटनामा संलग्न रहेका र सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पु¥याउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायले निष्पक्ष अनुसन्धान गर्ने र सबगढा लगायतका क्षेत्रमा भएका घटनाप्रति गहिरो खेद व्यक्त गर्दै सम्पूर्ण जिल्लावासीलाई संयम रहन, अफवाहको पछाडि नलाग्न र आपसी भाइचारा कायम राख्न सहमति भएको सहमती पत्रमा उल्लेख छ । सबगढा सहित वरपरका वडाहरु ४, ५ र ८ का गाउँहरुमा उत्पन्न तनावलाई मत्थर पार्न र जिल्लामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन सद्भाव ¥याली निकाल्ने सहित ५ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन् ।  

आईतवार बसेको सर्वपक्षिय बैठकले जिल्लामा धार्मिक, सामाजिक र सांस्कृतिक एकता कायम रहेको सन्देश प्रवाह गर्न सोमबार अर्थात फागुन १० गते बिहान ७ः३० बजे नागरिक समाजको अगुवाइमा गौरमा ’सद्भाव ¥याली’ प्रदर्शन गरिने बैठकमा सहभागी समाजसेबी रेवन्त झाले जानकारी दिएका छन् 

त्यसैगरि बैठकमा सहभागी रौतहट प्रहरी उपरिक्षक सिताराम रिजालले प्रशासनले जारी गरेको निषेधाज्ञाको समयमा घरभित्रै बस्न र शान्ति कायम गर्न सहयोग गर्न सबैमा आग्रह गरेका छन् । 

रिजालले गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा प्रहरीले साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई नियन्त्रणमा लिएको बताएका छन् । नियन्त्रणमा लिइएकाहरुलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उने बताए । 

बैठकमा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा र सुरक्षा प्रमुखहरूले जिल्लाको शान्ति सुरक्षा र सद्भाव बिग्रन नदिन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । 

जन्तीको बिषयमा बिवाद हुँदा बिहीबार गौर –६ सबगढाबाट उत्पन्न तनाव बढेपछि शनिबार दिउँसो १ बजेबाट शुरु भएको कफ्र्यु प्रशासनले अझै जारी राखेको छ । अवस्था संवेदनशील रहेकाले गौर नगरक्षेत्रमा आठ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update