News 24 Television
डोभ नेपालद्वारा ‘साम्बा’को उपचार तथा पुनर्स्थापनाका लागि १५ लाख सहयोग

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारी गम्भीर घुँडाको चोटपछि उपचार तथा स्वास्थ्य सुधारको लागि तयारी गरिरहेकी छन् । उनको स्वास्थ्य लाभको यात्रामा साथ दिन, युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले उनलाई सहयोग प्रदान गरेको छ।

नेपाली फुटबलका प्रेरणादायी खेलाडीमध्ये एक साम्बाको समर्पण, सङ्घर्षशीलता र उपलब्धिले देशभरिका लाखौँलाई मात्र होइन, नेपाल बाहिरका दर्शकहरूलाई पनि प्रेरित गर्दै आएको छ। चोटले खेलाडीलाई केही समय मैदानबाट टाढा राख्न सक्छ, तर त्यसले उनीभित्रको साहस र पुनरागमनको यात्रालाई अझ ठुलो बनाइदिन्छ।

डोभले सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि रु. १५,००,००० (पन्ध्र लाख) सहयोग गरेको छ। यो सहयोग उनले यस अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने यात्रामा डोभको साथ र प्रतिबद्धताको प्रतीक हो।

वास्तविक सुन्दरता आत्मसम्मान र आत्मविश्वासबाट जन्मिन्छ, र वास्तविक साहस जितमा मात्र होइन, घाउ निको पार्दै साम्बा अझ बलियो भएर मैदानमा फर्किने डोभकाे विश्वास छ । 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update