News 24 Television
नयाँ सरकारसँग त्रास कि अपेक्षा ? उद्योग क्षेत्रले खोज्दैछ, ठूलो रिफर्म !

काठमाडौं । भर्खरै सम्पन्न निर्वाचनबाट झण्डै दुई तिहाइको सरकार बन्ने निश्चित भएपछि लामो समयदेखि थला परेको नेपालको उद्योग व्यवसायको क्षेत्रमा नयाँ आशा पलाएको छ । 

अस्थिर राजनीतिक प्रणाली, राजनीतिक दलहरुले गरेको व्यवहार र सत्ता केन्द्रित प्रणालीका कारण उद्योग व्यवसाय क्षेत्र निकै प्रभावित बनेको थियो ।  तर, स्पष्ट बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतपछि भने उद्योग व्यवसाय क्षेत्रमा नयाँ आशा पलाएको देखिन्छ । 

कोभिड महामारीदेखि थलिएको नेपालको उद्योग व्यवसाय राम्ररी उठ्न नसक्दा देशको अर्थ नीति निकै प्रभावित बनेको छ । 

राजनीतिक अलमल, अस्पस्ट नीति तथा कार्यक्रम लगायत विभिन्न समयमा आएको प्राकृतिक बिपत्तिको कारण देशको अर्थ नीति डामाडोलको अवस्थाबाट गुज्रिरहेको छ । यद्दपी नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्ने उद्देश्य लिएर विभिन्न चरणमा छलफल तथा कार्यक्रमहरु प्नि सञ्चालन नगरेको होइन, सरकारको लगानी बढाउने र भित्र्याउने प्रयास भैरहदा स्वदेशी लगानीमा संचालित कल कारखानाहरु नै बन्द हुने क्रम बढ्दो थियो । 

पछिल्लो समय नेपालको अर्थतन्त्र रेमिटान्सको भरमा चलेको छ भन्दा फरक नपर्ला । यस्तो परिस्थितिमा फागुन २१ गतेको सम्पन्न निर्वाचनले रास्वपालाई स्पस्ट बहुमत दिएपछि अब उद्योग व्यवसायको क्षेत्रमा केही सुधार हुन्छ कि भन्ने आशा पलाएको ब्यापारीहरु बताउछन । 

हो आज हामीले “अब बन्ने सरकारसंग उद्योगी व्यवसायीले कस्तो अपेक्षा गरेका छन् ? भन्ने बिषयमा विभिन्न जिल्लाका टभिी जर्नलिस्टहरुको सहयोगमा यो बिशेष सामाग्री तयार पारेका छौ ।

निर्वाचनले दिएको स्पस्ट म्यान्डेटले अब बन्ने सरकारको लागि नेपालको उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक पर्ने नीति तथा कार्यक्रम निर्माण गरि सहज औधोगिक बातावरण निर्माणको अपेक्षा चौतर्फी देखिन्छ । 

निर्वाचनमा सहभागी दलहरुले पनि रोजगारी सिर्जना र रोजगारी सिर्जनालाई निजी क्षेत्रसंग जोड्ने प्रतिबद्धता गरेका कारण पनि यसले सकारात्मक ऊर्जा पैदा गरेको बताइन्छ ।

अब बन्ने सरकारले उद्योग कलकारखानाको संचालनमा सहजता, कृषि मुलक उधोगलाई प्रोत्साहन गर्नु पर्ने, बैंक ब्याजदर तथा बिजुली महसुलमा सहुलियत, झन्झटिलो कर प्रणाली र भन्सार प्रणालीलाई एकद्वार नीतिमा ल्याउनु पर्छ, बजारको उचित ब्यवास्थापनको साथै केही गर्छु भन्ने उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने पहिलो जरुरी पक्ष भएको व्यवसायीको भनाइ छ । 

निर्वाचनले नयाँ सरकारको रोडम्याप, प्रधानमन्त्रीका उम्मेदवारको सोचाई र केहि अभिव्यक्तिलाई लिएर चिन्ता भने देखिन्छ । 

रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्रीका रुपमा अघि सारिएका बालेन्द्र साह ’बालेन’ले विनोद चौधरीको वाइवाई चाउचाउमाथि गरेको टिप्पणीले केहि उद्योगीमा त्रास भने देखिन्छ । तर, अर्थमन्त्रीको रुपमा अघि सार्न खोजिएका डा. स्वर्णिम वाग्लेले उदार अर्थनीतिको अवलम्बन गर्ने र निजी क्षेत्रलाई नै अघि बढाउने बताइरहेका छन् । 

कडा नियमन सहज वातावरणमा निजी क्षेत्रले उल्लेख्य रोजगारी सिर्जना गर्ने दाबी गरिरेहेका वाग्लेले भनेजस्तै होला ? यी प्रश्न पेचिलो बनिरहेको बेला उद्योगी व्यवसायीले भने नयाँ बन्ने सरकारबाट स्थिरता र कानूनी उल्झनसहित कर प्रणालीका समस्या समाधानमा जोड दिइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update