News 24 Television
प्राइम कमर्सियल बैंकद्वारा धनगढीमा वित्तीय साक्षरता कार्यक्रम

धनगढी । प्राइम कमर्सियल बैंक चौराहा धनगढी शाखाले एरिस्टो इंलिश हाइस्कुल धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।प्राइम कमर्सियल बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा स्मार्ट मनी टक्स थिमसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रम एरिष्टो ईङलिस हाई स्कूलका कक्षा ११ का म्यानेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीका लागि संचालन गरिएको हो ।

chauraha-1773901428.jpg
विद्यालयका म्यानेजिङ डाईरेक्टर शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बैंकका शाखा प्रमुख भुवनेश्वर पनेरु लगायत कर्मचारीहरू दिपकराज भट्ट, स्वस्तिक जैरू र रीता भट्टले सहजीकरण गरेका थिए ।

3034e651-66b4-4129-9fca-3f2bdb99e2d9-1773845804.jpg
कार्यक्रममा विद्यालय+२ तहका शिक्षहहरू दिपक धानुक, राजु कार्की, संतोष पाण्डेय र तेजराज भट्टको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई बचत, लगानी र वित्तीय ठगी सम्बन्धमा जानकारी गराइएको थियो ।

विद्यार्थीहरूलाई बचत र लगानीको फाइदा र वित्तीय ठगीबाट जोगिने उपायबारे बैककी रीता भट्टले सहजीकरण गरेकी थिईन । विद्यालयका+२ शिक्षक धर्मेन्द्र के.सी.ले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update