News 24 Television
बागलुङमा एउटै नम्बरका हजारका नक्कली नोटको बिगबिगी

बागलुङ । बागलुङमा एक हजारका नक्कली नोट फेला पर्न थालेका छन् । बागलुङ बजारका विभिन्न बैंकमा एउटै नम्बरको एक हजारका विभिन्न नोट फेला परेका छन् । नेपाल बैंक बागलुङको तथ्याङ्क अनुसार अहिले १८ वटा भन्दा बढी एकहजारका एउटै नमबरका नोट फेला परेको विभिन्न बैंकले जानकारी गराएका छन् ।

बैंङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्डी भित्र नक्कली नोट फेला परेको हो । 

बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैक लगायतका बैंकमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको  छ । बजारमा झ ७९१६९०३३ नम्बरको नोट दोहोरो फेला पर्न थालेकाले सचेत रहन आग्रह गरे । 

नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको छ । नक्कली नोटको विषयमा राष्ट्रबैंकमा समेत जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताए । नक्कली नोटको कारोबारले पर्न सक्ने असरलाई नियन्त्रण गर्नको लागि बजारमा माईकिङ गर्ने तथा सार्वजनिक सुचना समेत प्रशारणको काम सुरु गरिएको उनको भनाई छ । 

 निर्वाचनको समयदेखि सुरु भएको आसंका गर्दै उनले चैते दशैं लगायत भीडभाडको मौका छोपी नक्कली नोट आएको हुन सक्ने अनुमान गर्नुभयो । उनले नक्कली नोट बाक्लो हुँने र छिटो खुम्चने गरेको पाइएकाले सचेत रहेर कारोबार गर्न आग्रह गरे ।
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update