News 24 Television
दीपक भट्टसँगको कारोबारमा संलग्नता नरहेको नेपाल लाइफको स्पष्टीकरण

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले हिमालयन रिइन्स्योरेन्सका शेयरधनी दीपक भट्ट र भृकुटी स्टक ब्रोकर (नं. ५५) सँग भएको भनिएको कुनै पनि कारोबारमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको हो ।

कम्पनीका अनुसार, नेपाल लाइफको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी दोस्रो बजारबाट शेयर खरिद गरिएको भन्ने समाचार पूर्णतः गलत र भ्रामक रहेको छ । विज्ञप्तिमा कम्पनीले आफू सधैँ प्रचलित कानुन, नियामक निकायका मापदण्ड र संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न प्रतिबद्ध रहेको समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update