News 24 Television
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको अध्यक्षमा एपि लामा निर्विरोध चयन

काठमाडौँ । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना), अमेरिकाको अध्यक्षमा निर्विरोध एपि लामा शेर्पा चयन भएका छन् । 

न्युयोर्कको क्विन्स स्थित ज्याक्सन मार्केटको सभाहलमा आज अप्रिल १९,२०२६ आईतबारको दिन ७ घण्टा लामो चलेको फिप्नाको १० औ महाधिवेशनले निर्विरोध शेर्पा संघ अमोरिकाका अध्यक्ष र नेपाल डे परेड २०२६ का कन्भेनर समेत रहनु भएका पासाङ ( एपि) लामा शेर्पा चयन गरेका हुन् । 

प्रमुख निर्वाचन आयुक्त नविन शेरचन र निर्वाचन आयुक्तद्वय मच्छे गुरुंग र सोमेन्द्र रंजितको संयुक्त टोलिले अध्यक्षपदमा एपी लामा शेर्पा सहित बरिष्ठ उपाध्यक्ष पदमा शम्भु राई, क्षेत्रिय उपाध्यक्ष पदमा राजु तामाङ  महासचिव पदमा डम्बर बहादुर (सुमन) लिम्बु, सहकोषाध्यक्ष पदमा कर्मा शेर्पा निर्विरोध चयन गरेको हो । 

त्यस्तैगरी उक्त निर्वाचन टोलिले बोर्ड सदस्यहरुमा कर्मा शेर्पा, ओम (बिजय) गुरुंग, हरि जगेवु र भुपेन्द्र बज्राचार्यलाई निर्विरोध चयन गरेको हो । 

निर्वाचन आयुक्त मच्छे गुरुंगका अनुसार गत अप्रिल १३,२०२६ सॅाझ १० बजे सम्म अन्तिम आवेदन दिने समयावधी सम्म निम्न नाम र पदहरुमा उम्मेदवारी प्राप्त भएको र सो पदहरुमा कुनै पनी प्रतिद्वन्दी नभएपछी निर्बिरोध चयन भएको हो । 

फिप्नाका सल्लाहकार समितीहरु र बिभिन्न आमन्त्रीत पाहुनाहरुले कार्यक्रमको औपचारिकतामा फिप्नाको ईतिहास बारे स्पष्ट पार्दै निवर्तमान कार्यसमिती टिमलाई धन्यवाद गर्नुको साथै नवनिर्वाचित कार्यसमितीका टिमलाई बधाई तथा शुभकामना दिएका थिए । 
फिप्नाका महासचिव दिपक चौधरीले संचालन गरेको कार्यक्रममा फिप्नाले आफ्नो कार्यकालमा गरेको गतिबिधी बारे स्पष्ट पारेका थिए । भने कोषाध्यक्ष कृष्ण महर्जन र सहकोषाध्यक्ष दावा शेर्पाको संयुक्त टोलीले आर्थिक आय-व्ययवारे स्पष्ट पारेका थिए । 

कार्यक्रमको समापन संगै मन्तव्य राख्ने क्रममा फिप्नाका निवर्तमान अध्यक्ष तोरण गुरुंगले आगामी कार्यसमितीहरुले फिप्नाको सिद्धान्तलाई नबिर्सन समेत सल्लाह दिदै शुभकामना ब्यक्त गरेका थिए । 

नवनिर्वाचित फिप्नाका अध्यक्ष एपी लामा शेर्पाले नव कार्यसमितीका सदस्यहरुलाई स्वागत गर्नुको साथै, निवर्तमान कार्यसमितीका सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्दै बिगत लामो समय देखि बिवादमा रहेको नेपाल डे परेड र फिप्ना बिच एकता बनाउन मुख्य भुमिका खेलेका फिप्नाका अध्यक्ष तोरण गुरुंग लगाएत सम्पुर्ण टिमलाई धन्वाद दिदै अब आफ्नो कार्यकालमा गर्ने केही कार्यबारे समेत प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update