News 24 Television
‘रवि–बालेन दरार’को खतरा, डोजर नीतिले बढायो तनाव !

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सुकुम्बासी बस्ती खाली गर्ने कदमले सभापति रवि लामिछानेसँगको सम्बन्धमै खलल पुग्ने खतरा बढेको छ । बुधबार प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरु आईजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका अधिकृतहरुलाई बोलाएर थापाथली क्षेत्रको सुकुम्बासी बस्ती आउँदो आईतबारसम्ममा खाली गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री बालेनको यो कदमले रास्वपा भित्र नै दरार पैदा गराउने देखिन्छ । मुख्यतः प्रधानमन्त्रीको यो कदम रास्वपा सभापति रवि लामिछानेको नीति र प्रतिबद्धताभन्दा फरक देखिन्छ । किनकी फागुन २१ को निर्वाचन अघि जनतामाझा प्रस्तुत हुँदा नै सभापति रविले रास्वपा नेतृत्वको सरकार आएमा डोजर आतङ्क नमच्चिने प्रतिवद्धता व्यक्त गरेका थिए, भने यदी डोजर चलेमा आफू नै पहिले छाति थाप्न तयार रहने मतदातालाई प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर यतिबेला काठमाडौं महानगरभित्रकै विभिन्न ठाउँमा डोजर चलिरहेका छन् भने वीरगञ्ज लगायत मुलुकका अन्य क्षेत्रमा पनि डोजर आतङ्क मच्चिरहेको छ । यस्तैमा प्रधानमन्त्री बालेन शाहबाटै सुकुम्बासी बस्तीमा डोजर चलाउन निर्देशन आएपछि मुख्यतः सभापति रवि र बालेन शाहबीच नै  दरारता आउने त हैन ? भन्ने आशंका बढ्न थालेको छ । केही दिनअघि मात्रै सभापति रविले कुनै ठाउँमा डोजर चलाउने भनेर केन्द्रीय सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका थिए । 

तर यसको केही दिन पनि नवित्दै प्रधानमन्त्री बालेनले भने अल्टिमेटमसहित सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । यी आधारहरुले पनि रवि र बालेनबीच सरकार संचालनको विषयम समन्वय अभाव रहेको झल्काउँछ  भने, भविष्यमा यस्तै असमझदारीका कारण पार्टी  र सरकार दुघर्टनमा त नपर्ला ? भन्ने आम चासो बढेको छ ।  

रवि–बालेन दरारता संकेत गर्ने अन्य तथ्य के–के ? 

१, मन्त्रिमण्डल गठन हुँदा रवि पक्ष कर्नरमा पर्नु : रास्वपाले बालेनलाई पार्टीमा भित्र्याउँदा नै प्रधानमन्त्रीको अफर गरिएको थियो । तर पछि मन्मिण्डल विस्तार हुँदा सबैजासो मन्त्रीहरु बालेन पक्षबाटै नियुक्त भए । जसले रवि पक्षलाई कर्नरमा पारेको छ । यसकारण सरकार निर्माणमा रविभन्दा बालेन नै हावी भएको देखिन्छ । 

२, सुधन फ्याक्टर : मन्त्रिमण्डल विस्तार हुँदा सुरुमै पनि गृहमन्त्रीका लािग सुधन गुरुङ पार्टीको प्राथमिकतामा थिएनन् । एक्कासी सुधन गुरुङ गृहमन्त्रीमा नियुक्त हुँदा धेरेले आश्चार्य प्रकट गरेका थिए । तर बालेनकै जोडबलले सुधनलाई गृहमन्त्रीमा नियुक्त गरियो । तर उनी सम्पत्तिसम्बन्धी गम्भीर आरोपले गर्दा एक महिना पनि पदमा टिक्न सकेनन् । जसले रास्वपा सरकारलाई नै धक्का पुगेको छ । यो पनि रवि बालेनबीच दरार उत्पन्न गराउने कारण बन्नसक्छ । 

३, सुदनको बर्खास्तीका लागि रविको आक्रमक कदम : गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनु अघि पार्टी सभापति रवि लामिछानेले उनलाई बर्खास्तीका लागि प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाएको बुझिएको छ । बालेन निकट मनिएका मन्त्री सुधन यो अवस्थासम्म पुग्न चाहँदैन थिए । तर रविले भने बर्खास्तिका लागि पत्र नै लेखेको खुलेको छ । यद्यपि बालेनले भने बर्खास्तको पत्र नदिइ सुधनलाई राजीनमा दिन सुझाए । बर्खास्तीको पत्र पठाएकामा सुधन असन्तुष्ट रहेको बताइन्छ । यस विषयमा सुधनले बुधबार नै सभापति रविसँग छलफल गरेका छन् । 

४, प्रदेश संरचनाप्रति मत भिन्नता : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रदेशसभा खारेजी गर्ने पक्षमा छ । रास्वपाले आफ्नो राजनीतिक एजेण्डामा स्थानीय तह र पालिका प्रतिनिधिहरुको प्रतिनिधिले नै प्रदेशसभा संचालन गर्ने उल्लेख गरको छ । तर प्रधानमन्त्री बालेन शाह भने प्रदेशलाई थप अधिकार दिएर अझै बलियो बनाउने पक्षमा छन् । यो आधारले पनि  रास्वपाभित्र बालेन र रविबीच शक्तिबाँडफाट भएपनि केही नीतिगत र वैचारिक एकरुपता देखिँदैन । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update